११ श्रावण २०८१, शनिबार

बिश्वकप फुटबल: ईरान र अमेरिका भिड्दै ।

दाेहा :विश्व राजनीतिमा सदैव चर्चामा रहने नाम हो, इरान र अमेरिका। यी दुई राष्ट्र कतार विश्वकप फुटबलअन्तर्गत मंगलबार आपसमा भिड्दा खेलकुदसँगै राजनीतिक तरंग पनि ल्याउने छन्। इरान र अमेरिकाबीचको खेल सन् १९९८ कै पुनरावृत्त भए पनि यस पटक छुट्टै परिणाम निस्कनेमा अमेरिकी प्रशिक्षक ग्रेग बेरहल्टर आशावादी छन्। सन् १९९८ मा लियोनको स्टेड डे गेल्यान्डमा भएको खेल ‘राजनीतिक खेल’का रुपमा चित्रित भएको थियो।

त्यतिबेला इरान र अमेरिकाबीचको सम्बन्ध निकै चिसिएको थियो। तीन दशकदेखिको तनावपूर्ण सम्बन्धका कारण इरानी सर्वोच्च नेता अली खामेनीले आफ्ना खेलाडीलाई अमेरिकी खेलाडीहरूसँग हात नमिलाउन आदेशसमेत दिएका थिए। तर, इरानी खेलाडीहरूले शान्ति प्रस्तावका रुपमा अमेरिकी खेलाडीलाई शान्तिको प्रतीक सेतो गुलाव दिएर सँगै फोटो खिचेका थिए। खेल पनि शान्तिपूर्ण रुपमा नै सम्पन्न भएको थियो। उक्त खेलमा इरानले अमेरिकालाई २–१ गोलले पराजित गरेको थियो। इरानसँग पराजित भएपछि अमेरिका समूह चरणबाटै बाहिरिएको थियो। उक्त पराजय अमेरिकाले समूह चरणमा भोगेका सातमध्ये एक हो।

मंगलबार इरान र अमेरिका अल थुमामा रंगशालामा उत्रिँदा सन् १९९८ को विश्वकपकै झल्को दिनेछ। यी दुई राष्ट्र २२ वर्षपछि आपसमा भिड्दै छन्। सन् १९९८ को तनावपूर्ण खेलपछि इरान र अमेरिकाले सन् २००० मा मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए। जनवरी १६ मा भएको उक्त मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो। लामो समय आन्तरिक राजनीतिकमा रुमलिएको इरानले फुटबलमा राम्रै प्रगति गरेको सन्देश दिएको थियो।

अमेरिकाविरुद्ध बराबरीको नतिजाले पनि इरान अन्तिम १६ मा पुग्न सक्नेछ। तर, पछिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको अमेरिकाका लागि जितको विकल्प छैन। विश्वकपमा अमेरिकाले समूह चरणको तेस्रो खेल एक पटक मात्रै जितेकाले पनि मंगलबार राति इरानभन्दा अमेरिका दबाबमा हुनेछ। तर, बलियो टोली इङ्ल्यान्डसँग बराबरी खेल्दै अमेरिकाले सकारात्मक सन्देश प्रवाह गरेको छ।

इरान र अमेरिकाबीच अझै शत्रुतापूर्ण सम्बन्ध रहे पनि अमेरिकी प्रशिक्षक ग्रेग बेरहल्टर त्यसको झल्को मंगलबार रातिको खेलमा नपर्ने बताउँछन्। उनी खेलकुदमा राजनीतिको असर नपर्ने र दुवै टोलीले जितका लागि खेल्ने दाबी गर्छन्। ‘मैले तीन अलग अलग देशबाट खेलेको छु। स्विडेनको प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेको छु। फुटबल सबैको प्रिय खेल हो। यस खेलले धेरै मानिससँग भेट गराउँछ। सबैसँग घुलमिल पनि गराउँछ’, उनी भन्छन्, ‘मंगलबार राति मैले मैदानमा चर्को प्रतिस्पर्धा हुने देखेको छु। किनभने दुवै टोली नकआउट चरणमा पुग्न चाहन्छन्। यसमा राजनीति र हाम्रा देशहरूको सम्बन्धले कुनै अर्थ राख्दैन्। हामी फुटबल खेलाडी हौं। फुटबल खेल्दैछौं। उनीहरू (इरान)का खेलाडी पनि फुटबल नै खेल्न कतार आएका हुन्।’

अमेरिकाविरुद्ध बराबरीको नतिजाले पनि इरान अन्तिम १६ मा पुग्न सक्नेछ। तर, पछिल्ला दुई खेलमा बराबरीको नतिजा निकालेको अमेरिकाका लागि जितको विकल्प छैन। विश्वकपमा अमेरिकाले समूह चरणको तेस्रो खेल एक पटक मात्रै जितेकाले पनि मंगलबार राति इरानभन्दा अमेरिका दबाबमा हुनेछ। तर, बलियो टोली इङ्ल्यान्डसँग बराबरी खेल्दै अमेरिकाले सकारात्मक सन्देश प्रवाह गरेको छ।

त्यसैले अमेरिकोको भाग्य अरुसँग नभई आफैसँग भएको प्रशिक्षक ग्रेग बेरहल्टरले राम्रैसँग बुझेका छन्। ‘मंगलबार हामीले जित्छौं वा विश्वकपबाट बाहिरिने छौं भन्ने कुरा हाम्रो तयारीमा निर्भर रहने छ। हामीले अहिलेसम्म राम्रो तयारी गरेका छौं’, उनी भन्छन्, ‘जब तपाई विश्वकपजस्तो ठूलो प्रतियोगिता खेल्दै हुनुहुन्छ र आफ्नो भाग्यको परीक्षा गर्दै हुनुहुन्छ, बास्तवमै त्यो विशेष क्षण हुनेछ।’