
भुकम्प गयकाे दुई महिना बितिसक्दा पनि अस्थायी घर बनाउने प्रक्रिया कागज मै घुम्दै
जाजरकोट :गत कात्तिक १७ गते राति ११:४७ बजे तिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको पुस १७ गते दुई महिना पुगेको छ । तर अस्थायी घर बनाउने प्रक्रिया कागजमै घुमिरहेकाे छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार जाजरकोट र रुकुम पश्चिमसहित पाँच जिल्लाका ५९ हजार १६२ परिवार भूकम्पबाट घरबार विहीन बनेका छन् ।काेहि पाल मुनि त काेहि काठकाे गाेठ र ढुङ्गाकाे ओडार मुनि याे जाडाे माैसममा कष्टकर जीवन बिताईरहेका छन ।
खुल्ला आकाश र त्रिपाल मुनिकाे चिसोले धेरै बिरामी परेका छन्। तीन बालबालिका,दुई सुत्केरी र बृद्धबृद्धासहित जाजरकोटमा ३० जना र रुकुम पश्चिममा ५ गरी ३५ जनाको मृत्यु भइसकेको छ।
अहिलेसम्म सरकारले दिने भनेको पहिलो किस्ताकै अुनदान रकम पाउन सकेका छैनन्। अनुदान नपाउँदा अस्थायी आवास निर्माण प्रक्रिया समेतमा ढिलाई भएको छ।
...