२९ असार २०८२, आईतवार

ईच्छुमती मार्ग सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौं । ईच्छुमती मार्ग टोल सुधार समिति र नेप्सेम्याक सेवा प्रा.लि.को संयुक्त आयोजनामा ईच्छुमती मार्ग सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं.४ का सकृय सामाजिक अभियन्ता तथा राजनीतिकर्मी राम प्रसाद न्यौपानेको अध्यक्षतामा रहेको ईच्छुमती मार्ग टोल सुधार समिति र फोहर व्यवस्थापनको क्षेत्रमा ख्याति प्राप्त संस्था नेप्सेम्याक सेवा प्रा.लि.को सकृय सभहागितामा यस क्षेत्रमा नियमित सरसफाइका कार्यक्रमहरु भई रहेका छन् ।
फोहर व्यवस्थापन कम्पनीको सामाजिक उत्तरदायीत्व भित्र पर्ने यस्ता कृयाकलापहरुका नेप्सेम्याक अरु कम्पनिहरु भन्दा सुकृय रहँदै आएको छ ।
कार्यक्रममा नेप्सेम्याकको तर्फबाट महाराजागन्ज शाखाका निर्देशक मित्र प्रसाद घिमिरे,ड्युटी ईन्चार्ज तथा सहायक उप निर्देशक एकराज सुबेदी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो भने ईच्छुमती मार्ग टोलसुधार समितिका अध्यक्ष रामप्रसाद न्यौपाने तथा कार्यसमिति सदस्यहरु र स्थानीयहरुको समेत सकृय सहभागिता रहेको थियो ।
त्यस क्षेत्रका सकृय अभियन्ताको रुपमा चर्चा कमाउन सफल समाजसेवी रामप्रसाद न्यौपानेको पहलमा नियमित कार्यक्रमहरु हुने गरेको छ ।
आफ्नो टोललाई सफा र सुरक्षित राख्न टोलवासी आफैं सकृय हुनु पर्ने भएकोले यो क्षेत्रमा टोलवासीकै सकृयतामा अभियानहरु संचालन हुने गरेको अध्यक्ष न्यौपाने बताउनु हुन्छ ।
त्यस क्षेत्रमा हुने हरेक कार्यक्रमहरुमा नेप्सेम्याक सेवा प्रा.लि.को सकृय सहभागिता रहने गरेको समेत अध्यक्ष न्यौपानेले बताउनु भयो । सामाजिक उत्तरदायत्वि बहन गर्ने बिषयमा नेप्सेम्याक जिम्ेवार रहेको न्यौपानेले बताउनु भयो ।