साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ। साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम काठमाडौँको वसुन्धरास्थित साउथ वेस्टर्न स्टेट कलेजको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रमको सभापतित्व गर्दै अभियानका संयोजक सुरेन्द्र वाग्लेले साँगेबासीबिच एकता, भाइचारा र सांस्कृतिक चेतना अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँले अभियानप्रति निरन्तर साथ र सहयोग पुर्याउने सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले भविष्यमा अभियानलाई अझ सशक्त ढङ्गले अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।
अभियानका महासचिव सरोज ओझाले कार्यक्रमको सञ्चालन गर्दै अभियानको मूल उद्देश्य साँगे क्षेत्रको धार्मिक, सांस्कृतिक तथा भौगोलिक सम्पदाको संरक्षण गर्दै समावेशी र दीर्घकालीन विकासमा योगदान पुर्याउनु रहेको बताउनुहुँदै इति...







