काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ हजार ९ सय ट्याब्लेट र नाईट्राभेट ३ हजार ९ सय ट्याब्लेट सहित सर्लाही बरथहवा नगरपालिका-१० बस्ने २४ वर्षीय राकेश पासवानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ३७६० नम्बरको बसलाई जाँच गर्ने क्रममा चामलको बोरामा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी बसका सहचालक पासवानलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।