पोहोर साइकलबाट लडाएर खुट्टा भाँचिदिए, यसपटक ढुंगा हानेर गरे हत्या
काठमाडौं । बाँकेमा मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भनिएका व्यक्तिको हत्या भएको पुष्टि भएको छ ।बैजनाथ गाउँपालिका– २ गुनापुरस्थित भित्री सडक खण्डमा स्थानीय ६६ वर्षीय मुसुवा थारू घाइते फेला परेका थिए ।
गुनापुर चोकबाट साइकलमा घर जाँदै गरेका थारूलाई सुरूमा मोटरसाइकलले ठक्कर दिएर भागेको अनुमान गरिएको थियो। उनको टाउको र अनुहारमा गम्भीर चोट थियो। तत्काल उपचारका लागि प्रहरीले कोहलपुरस्थित मेडिकल कलेज पठायो।
जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार थारूको उपचारका क्रममा राति पौने ११ बजेतिर मृत्यु भएको थियो।
थारू दुर्घटनामा परेको भनेर खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनकटुवाबाट प्रहरी बरिष्ठ नायब निरीक्षक तेजबहादुर रानाको कमाण्डमा दुई जनाको टोली खटिएको थियो।
ठक्कर दिएको मोटरसाइकल फेला नपरेपछि इलाका प्रहरी कोहलप...







