६ बैशाख २०८२, शनिबार

हतियार परीक्षण गर्ने क्रममा गोली लागेर सैनिक जवानको मृत्यु

काठमाडौं । नेपाली सेनाका एक जवानको हतियार परीक्षण गर्ने क्रममा गोली लागेर मृत्यु भएको छ।

 

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणमा कार्यरत जवानको बिहान ९ बजेतिर हतियार परीक्षण गर्ने क्रममा दाहिने तिघ्रामा गोली लागेको थियो।

 

२२ वर्षीय जवान चन्द्र किशोर दासको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उक्त गणका गणपति शिवराम बस्न्यातले जानकारी दिए।