काठमाडौंमै चल्छ फोहर ब्यवस्थापन देखि खानेपानी सम्मको ब्यवस्था भएको सार्वजानिक यातायात
काठमाडौं । हरेक मानिस केहि न केहि गरेर आफुलाई परिचित गराउन चाहान्छ । टोलमा झै झगडा गर्ने टोले ग्याङस्टार देखि अन्डरवल्र्डका डन सम्म आफ्नो अपराधिक पहुँचको आधारमा आफुलाई चिनाउन खोज्दछन् भने कोहि सामाजिक काम गरेर त कोहि लेख रचना र साहित्य मार्फत आफुलाई समाजमा परिचित गराउन लागि परेका हुन्छन् ।
काठमाडौंको सार्वजानिक यातायात चलाउने एकजना यस्ता चालक छन्, जसले हरेक यात्रुहरुलाई भाडा दिएबापत चकलेट उपहार दिएर आफुलाई चिनाउने गरेका छन् ।
काठमाडौंको स्वयम्भु बाट भक्तपुरको बालकोट, टिकाथली, बिरुवा सम्म चल्ने शुभकामना यातायात प्रा.लि.ले सन्चालन गरेको बा.५ख.९१०६को गाडीमा चढेर यात्रा गर्ने हर यात्रुले भाडा दिएपछि चक्लेट उपहार पाउने गरेका छन् ।
आफुलाई लब गुरु प्रेम लामा“मुस्कान”भन्न रुचाउने त्यस गाडीका चालक रामेछापका प्रेम लामाले गाडीमा चढ्ने यात्रुहरुको लागि थुप्रै सुबिधाहरु समेत प्रदान गर्ने गरेका छन् ।...









