भक्तपुर प्रकरण: आत्मसमर्पण गरेका मिलनले बाबु र भाइको हत्या गरेको स्वीकारे
काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन्।
मंगलबार आत्मसमर्पण गर्दै उनले बाबु र भाइको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मिलन सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका मिलनले बाबु ५६ वर्षीय कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या गरेको स्वीकारेका हुन्।
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थायी घर भएका उनीहरू बालकोटस्थित फिकाधारा डेरामा बस्दै आएका थिए।
मिलन र उनका भाइ प्रवीण डेरामा बस्ने भए पनि हालै उनका बाबु कुलप्रसाद आचार्...









