अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमाडौं । झापा जिल्ला भद्रपुर नगरपालिका-५ मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २१ मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-२ बस्ने ४६ वर्षीय जित नारायण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी बिट मेचीपुल र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र २-०३-००५ प ९४८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बर्दगोरीया गाउँपालिका-२ बस्ने २६ वर्षीय राम प्रसाद चौधरी र कैलारी गाउँपालिका-५ बस्ने २५ वर्षीय हिमाल चौधरी रहेका छन् । जिल्ला प्रह...









