१९ माघ २०८१, शनिबार

समाचार

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा जाजरकोटका :राजिव बिक्रम शाह

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा जाजरकोटका :राजिव बिक्रम शाह

Breaking News, अन्तर्राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
 जाजरकोट ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नेपाल एथलेटिक्स संघका अध्यक्ष एवं कर्णाली प्रदेश सभा सदस्य राजिब बिक्रम शाह  दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्षमा चयन भएका छन ।माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले शाहलाई उपाध्यक्षमा चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण एसियाका अन्य प्रतिनिधिलाई महासंघको विभिन्न जिम्मेवारी दिएको शाहले शाहले बताए । शाहले आफूलाई प्राप्त जानकारी अनुसार वरिष्ठ उपाध्यक्षमा श्रीलंकाका फर्नान्डो पलिथा उपाध्यक्षमा शाहसहित माल्दिभ्सका थोलाल र भुटानका छेवाङ रिन्जिङ रहेका छन् । त्यस्तै पाकिस्तानका जाफर महासचिव, भारतका रविन्दर चौधरी वरिष्ठ संयुक्त सचिव, माल्दिभ्सका मुनिथ्थे संयुक्त सचिव र बंगलादेशका अब्दुल रोव...
नेकपा (बहुमत ) केन्द्रीय कमिटी काे चाैथाे पुर्ण बैंठक  सम्पन्न

नेकपा (बहुमत ) केन्द्रीय कमिटी काे चाैथाे पुर्ण बैंठक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिको चौथो पूर्ण बैठक पोखराको लेखनाथमा सम्पन्न भएको छ । यही फागुन १४ देखी १८ सम्म बसेको बैठकले नेपाली समाजको आमूल रूपान्तरणका लागि आवश्यक नयाँ जनवादसहितको वैज्ञानिक समाजवादी क्रान्ति सम्पत्र गर्ने उद्देश्यका साथ नेपालका क्रान्तिकारी पार्टीहरूसँग पार्टी एकता, धु्रवीकरण र कार्यगत एकताको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । निकट भविश्यमा नै पार्टी एकता गर्ने लक्ष राखेका तिन पार्टी नेकपा (बहुमत), नेकपा (क्रामा) र नेकपा (मशाल) बिच पार्टी एकताका लागि बनेको पार्टी एकता संयोजन समितिले तयार गरेको मस्यौदासम्बन्धी सम्प्रेषण र छलफल गरी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने निर्णय बैठकले गरेको छ । बैठकले दलाल पुँजीवादको भद्दा नमूनाको रूपमा चलिरहेको लघुवित्त, मिटरब्याजजस्ता चरम शोषण, उत्पीडनको अन्त्य गर्न सम्पूर्ण लघुवित्तीय संस्थाह...
राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न दलहरुकाे दाेष : गगन थापा

राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न दलहरुकाे दाेष : गगन थापा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलाई राजाको भद्धा नक्कल गराएका कारण राष्ट्रपति संस्था विवादमा परेको र यसमा दलहरुको पनि दोष रहेको बताएका छन् । बागमति प्रदेशका सांसदहरुका लागि काठमाडौंमा भएको अभिमुखिकरण कार्यक्रमलाई संबोधन गर्दै थापाले राष्ट्रपतिले हिँड्दा खेरी पनि हिजोको राजाजस्तो हिँडेको मिल्यो कि मिलेन, दर्शन गरेको मिल्यो कि मिलेन भनेर राजाको भद्धा नक्कल गरिएको बताए । अहिले राष्ट्रपति घरबाट निस्किनुभयो भने नागरिकको भागाभाग हुन्छ, त्राहीमाम हुन्छ, राष्ट्रपतिलाई मात्र दोष दिएर मात्र हुन्न यो, हाम्रो पनि कमजोरी छ’, उनले भने, ‘हामीले सवारी चल्ने राष्ट्रपति खोजेको होइन, भूजा ज्युनार गर्ने राष्ट्रपति खोजेको होइन, हामीले त जनताको राष्ट्रपति खोजेको हो, त्यो महसुस गराउने हो नि ।’ अब आउने राष्ट्रपतिले हिजोको दिनबाट सिकेर नयाँ ढंगले चलेर जनताको राष्ट्रप...
जाजरकोट : शैक्षिक इतिहास

जाजरकोट : शैक्षिक इतिहास

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, शिक्षा, समाचार
पृष्ठभुमि नेपाल विभिन्न राज्यहरुमा विभाजित भई वाइसे चौविसे राज्यहरु अस्तित्वमा रहेको समयमा जाजरकोट राज्य पश्चिमको एक शक्तिशाली अनि प्रभावशाली राज्य थियो भन्ने कुरा विभिन्न दस्तावेजहरुमा पढ्न पाइन्छ । जाजरकोट राज्य र राजाहरुको इतिहासका धेरै कुराहरु चर्चामा आएको भएपनि यहाँको शैक्षिक इतिहास के हो भन्ने वारे खासै खोजी तथा चर्चा भएको पाइदैन । ६ सय २४ वर्ष अघि विक्रम सम्वत १४५५ अर्थात सन् १३९८ मा स्थापना भएको जाजरकोट राज्यमा शैक्षिक गतिविधिहरु कहिले देखि सुरु भए ? कसले सुरु ग¥यो ? भन्ने कुराको कुनै एकिन जानकारी छैन । जाजरकोट राज्य र राजाहरुको इतिहास खोज्दै जाने क्रममा यहाँको शैक्षिक गतिविधि औपचारिक रुपमा १ सय २३ वर्ष अघि मात्र सुरु भएको देखिन्छ । भौगोलिक विकटता, गरिवी, अज्ञानता र नेपाल राज्य सँगको प्रत्यक्ष र निरन्तर सम्पर्कको अभावले राज्य स्थापना भएको लामो समय सम्म शैक्षिक गतिविधिमा शून्यता...
बिरानाे शहर

बिरानाे शहर

कविता, समाचार
बिरानो शहर पुर्खाहरु ले भन्ने र सुन्ने गरेको शहर मेरो पौज भन्दा धेरै टाढा ठानिएको शहर । गाउका लज्जाउने र शहरका ले गिज्याउने प्रचलनै बसालिएको मेरो शहर ठुला ठुला अपरिबर्तनिय पर्खालहरु भत्ताउदै रोल्पाको झुपडी बाट ढाडमा हसियाँ र कटी भिरेर निस्क्यो र भन्यो महिले नचिनेको र बिरानो शहर खै ? उस्लाई कस्ले के भने ईतिहास भैसक्यो तर उस्ले जे चाहेको थियो त्यो पूरा भएर छाड्यो । गाउर शहरको अपत्यारिलो भेद मेटिने दिशामा उद्दत छ । गाउमा रहेका शोषणरुपी कुरुप अनुहारहरु शहरका गल्ली गल्ली चोक चोकमा छन त्याहाँ गरिबी छ याहाँ गरिबी छ हुदाहुदा नियाले हेर्दा त्याहाँ भन्दा याहाँ पो बढी छ । बहुजाती बहुभाषा बहु सस्कृती को धनी मेरो शहर साझा फुलबारीका थरिथरिका फुलहरुलाई एउटै मालमा उईनिएर पहिरने ईक्छा राख्दछ उड्ने गुड्ने र भारी बोक्नेहरुको दिनचर्यामा समानता को संसार बनाउने ध्याय राख्छ मेरोशहर हिमालक...
निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की

निर्माण ब्यावसायी संघ जाजरकोटकाे अध्यक्षमा रण बहादुर कार्की

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
जाजरकोट । निर्माण व्यवसायी संघ जाजरकोटको अध्यक्षमा रण बहादुर कार्की निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा ४९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी बुद्धिबहादुर खत्रीले ३७ मत प्राप्त गरेका थिय ।
जाजरकोटमा १३ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सुरु

जाजरकोटमा १३ओैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Breaking News, खेल, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
१६ फाल्गुन जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । मंगलबार देखि भेरी नगरपालिकाको वडा नं. १३ कुदुमा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तहको सहभागिता रहेको छ । उद्घाटनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले सर्वांगीण विकासको आधार स्तभ खेलकुद क्षेत्र भएको बताए । राष्ट्रको शान गौरवलाई सदैव उच्च राख्ने खेलकुदको आर्दशलाई सबैले आत्मसात गर्ने बेला आएको बताए । ३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए । जिल्ला समन्वय प्रमुख, उपप्रमुख, जाजरकोटका सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष,प...
एनआईसी लघुबित्तका कर्मचारी लाई कालाेमाेसाेदलि  कार्वाही

एनआईसी लघुबित्तका कर्मचारी लाई कालाेमाेसाेदलि कार्वाही

Breaking News, अर्थवाणिज्य, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट । एन .आई. सि.लघुबित्त जाजरकोट शाखाका कर्मचारी लाई नेकपा का कार्यक्रताहरुले  कालाेमाेसाे दलि कार्वाही गरेका छन । भेरि नगरपालिका वडा न ११ का स्थानीय बासिहरुले उक्त बित्तीय संस्थाले चर्काे ब्याजदर असुलेको , पटकपटक घरमा ताला लगाउने धम्की दियकाे ,घर छाेड्ने अवस्था मा पुर्यायकाेले स्थानीयकाे रिपोर्टकाे आधारमा  कालाेमाेसाे दलि कार्वाही गरियकाे नेकपा बिप्लव जाजरकोट का सेक्रेटरी बिराजन सि ले बताए ।अझै जन्तालाई चर्काे ब्याजमा डुवाई स्थानीय लाई मारमा पार्ने यस्ता ठक बित्तीय संस्थाहरुलाई थप  कार्वाही गर्ने सेक्रेटरी सि ले बिज्ञप्ति मार्फत ऐक्यबद्धता पत्र  सार्वजनिक गरेका छन । ...
रिहा पछि अभिनेता पल शाह ले दिए सबैलाई धन्यवाद

रिहा पछि अभिनेता पल शाह ले दिए सबैलाई धन्यवाद

Breaking News, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं । अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए । अभिनेता शाहलाई भेटनका लागि दाङबाट पनि उनका साथि र आफन्तहरु तनहु पुगेका थिय । कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ । काठमाडौंमा आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र संगीतकर्मी देखिएका छन् । बालयौन दुरुपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिना...
सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

सहिद,सहिद सप्ताह र बलिदानकाे मुल्य

Breaking News, राष्ट्रिय, विगन्यूज, विचार, संस्कृति, समाचार
  आमुख । नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा मुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र रामनाथ दाहालले पनि रगत बगा...