एसएलसी ब्याच २०५५द्वारा श्री शारदा माध्यमिक विद्यालय बाह्रबिसेमा अक्षयकोष स्थापना
काठमाडौं । एसएलसी ब्याच २०५५ले विद्यालयको ७४औं बार्षिक उत्सवको अवसरमा प्रा.बि.मा अध्ययनरत २ जना ,नि.मा.बि. २ जना र माध्यमिकमा अध्ययनरत २ जना गरि ६ जना जेहेन्दार तथा आर्थिक रुपमा बिपन्न विद्यार्थी हरुकोलागि केहि स्टेशनरी सामाग्री तथा नगद सहयोग गरेको छ ।
एसएलसी ब्याच २०५५का अध्यक्ष अम्बर बहादुर श्रेष्ठ (उमेश) को नेतृत्वमा विद्यालयमा पुगेको टोलिले विद्यालयको ७४ औं बार्षिक उत्सवको अवसरमा सो सहयोग वितरण गरेको हो ।
श्री शारदा माध्यमिक विद्यालयमा २०५५ सालमा एसएलसि दिएका विद्यार्थी हरुको समुह एसएलसी ब्याच २०५५ ले सो विद्यालयमा अध्ययन गर्ने जेहेन्दार तथा आर्थिकरुपमा विपन्न भएका विद्यार्थी हरुकोलागि सहयोग पुगोस् भन्ने हेतुले अक्षयकोष समेत स्थापना गरेको छ ।
एसएलसी ब्याच २०५५ले आर्थिक अभावको कारण कोहि कसैलेपनि शिक्षाबाट वन्चित हुन नपरोस् भनेर आगामी बर्ष बाट लागु हुनेगरी रु ५० हजार बराबरको अक्षयकोष ...









