११ पुष २०८१, बिहीबार

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीको जानकारी

काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटना कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
  • ललितपुर, गोदावरी नगरपालिका-३ मोतिचौरस्थित सडकमा लुम्बिनी प्रदेश-०१-००२ प ६६६३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री  सोही ठाउँ बस्ने ६० वर्षीय नुरू सिलवालको सोमबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारको लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
  • मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ तिरतिरे धारास्थित सडकमा बा.प्र.०३-००२ प ७२६७ नम्बरको स्कुटरलाई बीआर ०५ बिए ०००६ नम्बरको कारले सोमबार बेलुकी ठक्कर दिँदा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३५ वर्षीय युवराज लामाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सर्लाही, हरिपुर नगरपालिका-३ स्थित सडकमा ज.२ त ४५२ नम्बरको ट्याक्टरमा बीआर ०५ एक्यू ८७५९ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कविलासी नगरपालिका-७ बस्ने १९ वर्षीय चन्दन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको   हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
  • दाङ, लमही नगरपालिका-७ पदमिनी खोला नजिकै सडकमा रोकी राखेको लु.१ ख ९३५२ नम्बरको ट्रकमा लु.प्र.०१-००२ प ११४८ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-४ भुरीपुर घर भएका २६ वर्षीय गणेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • सर्लाही, हरिवन नगरपालिका-११ स्थित सडकमा बा.प्र.०२-०२८ प ६५०८ नम्बरको स्कुटर ना.६ त ३०५० नम्बरको ट्याक्टरमा ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-८ चापिनी बस्ने २५ वर्षीय कवि रिखाम मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
  • कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ सेमरी गाउँस्थित सडकमा सेमरीबाट लक्ष्मीनगरतर्फ जाँदै गरेको लु.२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने राजु अन्सारीको छोरा ६ वर्षीय अवरोज अन्सारीको मंगलबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।