काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालीका महासचिव मोहन वैद्य ‘किरण’काे स्वास्थ्यमा समस्या आयपछि अस्पताल भर्ना भएका छन् । एक्कासि दम बढेपछि वैद्यलाई महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना गरिएको सो पार्टीका एक नेताले जानकारी दिए ।
बिहीबार १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’साँस्कृतिक प्रतिष्ठान घट्टेकुलाे काठमाडौंमा पार्टीले राखेको कार्यक्रम सहभागी भएका थिए । कार्यक्रममै उनी अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको उनका सचिवालयले जानकारी दियकाे छ, अहिले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख भईरहेको बताएको छ ।