२ भाद्र २०८२, सोमबार

राजनीति

राष्ट्रिपतिद्वारा नव नियुक्त मन्त्रीलाई शपथ

राष्ट्रिपतिद्वारा नव नियुक्त मन्त्रीलाई शपथ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १-१ जनालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् । जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्...
वडा अध्यक्ष बिदेश पलायन

वडा अध्यक्ष बिदेश पलायन

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य रोजगारी सिलसिलामा दक्षिण कोरिया पलायन भएका छन् । गत सम्पन्न स्थानीय निर्वाचनमा सो वडामा एमालेबाट निर्वाचित भएका वडा सदस्य कैलास श्रेष्ठ रोजगारीका लागि कोरिया आएका हुन्। उनी २०२२, को ईपीएस भासा परिक्षा उत्तीर्ण गरेर कोरिया गएका छन्। उनी रोजगारीको सिलसिलामा देश छाडेर कोरिया गएपछी उनको वडा सदस्यको पद रिक्त भएको छ। स्थानिय निर्वाचनमा वडा सदस्यमा जितेर देशमै सेवा गर्ने लक्ष बोकेका उनले कोरियालाई केही बर्ष मात्रै कर्मभुमी बनाउने बताएका छन। नेपालमा सामाजिक काम गरेर मात्र गुजारा नचल्ने तथा आफ्नो आर्थिक अवस्था सुधार गर्न नसक्ने देखेर कोरिया भाषा पढेका उनले भाषा परिक्षा उतिर्ण गरेसंगै ईपिएस मार्फत कोरिया छिरेका छन। आम यूवाहरुको विदेश जानुपर्ने बाध्यता हटाउने,स्वरोजगारका अवस्था सिर्जना गर्छु चुनाव जिताउनुस भन्दै...
आजै मन्त्री परिषद  गठन हुने

आजै मन्त्री परिषद गठन हुने

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौ । सत्ता गठबन्धनमा रहेका दलका नेताहरूले आज मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएकाले आज मन्त्रिपरिषद् विस्तार हुने उनीहरूको दाबी छ । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । हिजो साँझ बसेको सत्ता गठबन्धनको बैठकमा नेपाली कांग्रेसलाई आठ, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)लाई दुई -दुई मन्त्रालय दिने सहमति भएको छ । लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु साहको आम जनता पार्टीले एक एकवटा मन्त्रलय लिने सहमति भएको बताइएको छ । एक मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले थप एक राज्यमन्त्री पाउने भएको छ । मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । बाँडफाँटको अधिकार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्र...
प्रधानमन्त्रीकाे निर्णय नै सर्वमान्य हुन्छ  : नारायण काजी श्रेष्ठ।

प्रधानमन्त्रीकाे निर्णय नै सर्वमान्य हुन्छ : नारायण काजी श्रेष्ठ।

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुनसक्ने संकेत गरेका छन् । सोमबार उनले मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफ्नो प्रगति विवरण सुनाएका छन् । त्यस क्रममा पत्रकारहरुले तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो भनेर प्रश्न गरेका छन् । जवाफमा उनले यो आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए । छिटै मन्त्रिपरिषदले पूर्णता पाउने भन्दै उनले भने, ‘त्यसमा के गर्ने भन्ने मैले निर्णय गर्ने होइन, मैले त प्रधानमन्त्रीको निर्णय र निर्देशनमा काम गर्ने हो ।’ उपप्रधानमन्त्री श्रेष्ठले सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ त्यही कुरा आफूले पालना गर्ने बताए ।  ...
फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन’

फौजदारी न्यायको सिद्धान्तमा रहेर संक्रमणकालीन न्याय टुंगोमा पुग्दैन’

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बहादुर बस्नेतले फौजदारी न्यायको सिद्धान्त अन्तर्गत रहेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिंदै सो कुरा बताएका हुन् । उनले पीडितलाई न्याय दिने, परिपूरणको व्यवस्था गर्ने र फेरि मुलुकमा द्वन्द्व आउन नदिने गरी संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन सरकार अघि बढिरहेको पनि बताए। उनले भने, ‘कतिपय साथीहरुले यसलाई फौजदारी न्यायको सिद्धान्त अन्तर्गत समाधानको परिकल्पना गर्नुभएको छ । समाधानकाे वकालत गरिरहनुभएको छ । विस्तृत शान्ति सम्झौताले त्यो भन्दैन ।’ उपमहासचिव बस्नेतले विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान र नेपालको संविधानले सं...
अमेरिकी षड्यन्त्रकाे दृढतापूर्वक प्रतिरोध गर्नेछौँ : उत्तर काेरिया

अमेरिकी षड्यन्त्रकाे दृढतापूर्वक प्रतिरोध गर्नेछौँ : उत्तर काेरिया

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
प्योङयाङ : जनगणतन्त्र कोरियाका विरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले षड्यन्त्रपूर्ण ढङ्गले कथित मानवअधिकारको कुरा उठाउन लगाएपछि तीनवटा निकायले गम्भीर चेतावनी दिँदै उक्त प्रस्ताव र राष्ट्रसङ्घको आवरणमा अमेरिकी षड्यन्त्रको प्रतिरोध गरेका छन् । राष्ट्र्सङ्घको उक्त कदमलाई अमेरिकी स्वार्थ पूर्ति गर्ने योजना र निकायका रूपमा परिभाषित गर्दै कोरियाका विदेश मन्त्रालय, संयुक्त राष्ट्रसङ्घका लागि जनगणतन्त्र कोरियाको स्थायी नियोग र जनगणतन्त्र कोरियाको विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि महानिर्देशकले बेग्लाबेग्लै जारी गरेको वक्तव्यमा संसारभर मावअधिकार हनन गर्ने रक्तपिपासु अमेरिकाले कोरियासँग शत्रुता बढाउने उद्देश्यले अनावश्यक रूपमा विभिन्न विषय उछाल्न लगाएकाले त्यसको दृढतापूर्वक प्रतिरोध गरिने उल्लेख छ । जनगणतन्त्र कोरियाको विदेश मन्त्रालयका अन्तर्राष्ट्रिय सङ्गठनहरूका उपमन्त्री किम...
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति ललितपुरको प्रथम भेला सम्पन्न

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी ) जिल्ला समिति ललितपुरको प्रथम भेला सम्पन्न

Breaking News, अर्थवाणिज्य, कृषि, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
नेकपा बहुमत निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) ललितपुर जिल्लाको  प्रथम भेला  महालक्ष्मी नगरपालिका वडा न.९ लामाटार ललितपुर मा सम्पन्न भयकाे हाे । ज्ञानेन्द्र ताण्डुकार काे अध्यक्षता, राज श्रेष्ठ संचालन , स्वागत मन्तब्य रिन छिङ शेर्पाले गरेकाे उक्त कार्यक्रममा प्रमुख अतिथि किसान महासंघ का केन्द्रीय अध्यक्ष हरि श्रेष्ठ , बिशेष अतिथि नेकपा बहुमत ललितपुरका ईन्चार्ज दिल , संयाेजक केबि मल्ल ( डेविड ) ,अखिल नेपाल जनसाँस्कृतिक महासंघ केन्द्रीय सदस्य राम बहादुर सिंह ( रेडियम ), अखिल नेपाल महिला संगठन  क्रान्तिकारी कि केन्द्रीय उपाध्यक्ष पवित्रा , किसान महासंघ का केन्द्रीय सचिव  तथा वाग्मती ब्युरो ईन्चार्ज दावा , युवा जन स्वयंमसेवक नेपाल केन्द्रीय कोषाध्यक्ष  कविता, नेकपा बहुमत  ललितपुरका सबै  नगर पालिका ईन्चार्ज र एक सय पचास  जना भन्दा बढि ललितपुर का किसान दाजु भाइ तथा दिदी बहिनिहरुकाे सह...
पुर्ण सिंह द्वारा लिखित वैज्ञानिक समाजवादका आधारहरु नामक पुस्तक सार्वजनिक

पुर्ण सिंह द्वारा लिखित वैज्ञानिक समाजवादका आधारहरु नामक पुस्तक सार्वजनिक

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौँ । लेखक पूर्णबहादुर सिंहको पुस्तक ‘वैज्ञानिक समाजवादका आधारहरू’ सार्वजनिक भएको छ । मङ्गलबार काठमाडौँमा नेपाल-काेरिया पत्रकार मन्चले वैज्ञानिक समाजवादकाे अपरिहार्यता बिषयीक आयोजित एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रम काे अध्यक्ष ता मन्चका अध्यक्ष अशाेक प्रसाद सुवेदी र संचालन मन्चकि उपाध्यक्ष अम्बीका चन्द ( ओेलि) ले गरेकि थिईन । पुस्तक सार्वजनिकरण कार्यक्रममा बक्ताहरुले वैज्ञानिक समाजवाद नै उत्तम व्यवस्था भएको धारणा राखेका थिए । कार्यक्रममा प्रस्तुत कार्यपत्रको व्याख्या गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले वैज्ञानिक समाजवादी व्यवस्थामा उत्पादन सम्बन्धअनुरूपको सामाजिक सम्बन्धको अन्त्य मानिसको चेतनामा निरन्तर क्रान्तीकरणका लागि स्थापित राज्यसत्ता सञ्चालन गर्न सङ्घर्षरत रहने भन्दै वैज्ञानिक समाजवादमा बुर्जुवा वर्गीय अधिनायकत्वको अन्त्य गर्ने साम्यवादका लागि सङ्क्रमण...
वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

वैज्ञानिक समाजवाद अपरिहार्यता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, शिक्षा, समाचार, सुचना संचार
काठमाडौं । नेपाल -काेरिया लेखक पत्रकार मन्चकाे आयाेजनाका मंगलबार  काठमाडौंको वागबजार स्थित हाेटेल हार्दिककाे सभाहलमा वैज्ञानिक समाजवादकाे अपरिहार्यता विषयक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भयकाे् हाे ।  कार्यक्रममा नेकपा बहुमत का केन्द्रीय सचिवालय सदस्य तथा अखिलक्रान्तिकारीका पुर्व अध्यक्ष पुर्ण बहादुर सिंह ( समरजंग )द्वारा लिखित बैज्ञानिक समाजवादका आधार हरु नामक  बिचारमुलक  पुस्तक बिमाेचन भयकाे थियाे भने मन्चका सदस्य मुक्ति गैरेलाई सम्मान सहित प्रमाणपत्र हस्तान्तरण  गरियकाे थियाे । का्र्यक्रममा अतिथिका रुपमा नेपाल कम्युनिस्ट पार्टी बहुमत का संयाेजक धर्मेन्द्र बास्तोला (कन्चन) ,नेकपा क्रान्तिकारी माओवादीका स्थायि कमिटि सदस्य  सिपि गजुरेल (गाैरव) , नेकपा बहुमत का प्रबक्ता हेमन्त प्रकाश ओली , (सुदर्शन) , वामपंथि नेता श्याम श्रेष्ठ , राजनैनिक बिश्लेषक पा. डा सुरेन्द्र केसी , नेकपा बहुमत ...
प्रचण्डले पाय १७२  बिश्वासकाे मत

प्रचण्डले पाय १७२ बिश्वासकाे मत

Breaking News, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले नेपाली कांग्रेससहित १० वटा दलबाट विश्वासको मत पाएका हुन्। प्रचण्डलाई विश्वासको मतको पक्षमा १७२ मत परेको हो। मतदानमा उपस्थित २६२ जनामध्ये प्रस्तावको विपक्षमा ८९ मत परेको छ। उता मत दिन्न भन्ने पक्षमा १ मत परेको छ। प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन्। उनलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन्। नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो। उनले प्रधानमन्त्री भएपछि संसद्‍बाट दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका क्रममा नेकपा एमालेसहितका सात दलीय गठबन्धनबीच मतैक्यता हुन सकेको थिएन। त्यसपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्...