२ माघ २०८२, शुक्रबार

समाचार

चिलिमा गयाे ७.५ म्याग्निच्युडकाे भुकम्प

चिलिमा गयाे ७.५ म्याग्निच्युडकाे भुकम्प

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो । “कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ। राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गर्नुभएको छ । चिलीको नेसनल सि...
क्लिन काठमाडौं वेस्ट मेनेजमेन्ट प्रा.लि. को आयोजनामा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

क्लिन काठमाडौं वेस्ट मेनेजमेन्ट प्रा.लि. को आयोजनामा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

समाचार
काठमाडौं । काठमाडौं उपत्यकामात्र नभई देशको प्रमुख शहरहरुमा समेत सरसफाई तथा फोहरमैला व्यवस्थापनको क्षेत्रमा एक नम्बरमै नाम आउने नेप्सेम्याक ग्रुप अन्तरगत रहेको क्लिन काठमाडौं वेस्ट मेनेजमेन्ट प्रा.लि. ले दरबारमार्गमा रहेको होटल उडल्यान्ड काठमाडौं प्रा.लि. मा १३६ औं मजदुर दिवसको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेप्सेम्याक ग्रुपमा आवद्ध कम्पनीको कार्यक्रम टीकाराम दाहालको अध्यक्षता सम्पन्न भएको थियोे भने कार्यक्रममा काठमाडौं महानगरपालिका २८ वडाध्यक्ष भाइराम खड्गी, वातावरण विभाग प्रमुख सरिता राई लगायत अतिथिहरुले शुभकामना मन्तव्य सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा सफाइकर्मीको काम, कर्तव्य र अधिकार उपर मजदुर नेता सोमनाथ ढकाल, ट्राफिक सचेतना श्री गंगाराम बुढाथोकी लगायतले प्रशिक्षण गर्नु भएको थियोे भने संचालक बासुदेब उप्रेती,कम्पनी प्रबन्ध निर्देशक मि...
रुकुम साेतिघटनाका २३ प्रतिवादीहरुले पायकाे जन्म कैदकाे सजाय सदर, २५ बर्ष जेल

रुकुम साेतिघटनाका २३ प्रतिवादीहरुले पायकाे जन्म कैदकाे सजाय सदर, २५ बर्ष जेल

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं :उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम सोती घटनामा प्रतिवादीहरूले पाएको जन्मकैदको सजाय सदर गरेको छ। अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले यस घटनामा २३ जना प्रतिवादीलाई जन्मकैदको सजाय सदर गरेको हो। जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर भएको उच्च अदालतका उपरजिस्ट्रार प्रेमप्रकाश थापाले जानकारी दिए। ‘फैसलामा आंशिक उल्टी भएको छ। रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गरेको थियो। त्यो सदर भएको छ,’ थापाले भने, ‘जातीय भेदभाव तथा छुवाछुतमा जिल्लाले दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। त्यसलाई उच्च अदालतले बदर गरेको छ। पीडितले पाउनुपर्ने क्षतिपूर्ति र जन्मकैदको सजाय सदर नै भएकाले आंशिक उल्टी भएको हो।’ जन्मकैद २५ वर्ष हुन्छ। यो घटनामा डम्बरबहादुर मल्ल (चौरजहारी नगरपालिका–८ का तत्कालीन वडा अध्यक्...
दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ कानेपोखरी गाउँपालिका-२ घर भएकी ५१ वर्षीया मुना कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।   मुनाले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । ...
सेयर बजार २६३१ अंकमा झर्‍यो, घट्यो कारोबार

सेयर बजार २६३१ अंकमा झर्‍यो, घट्यो कारोबार

समाचार
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से २६३१ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १५.०८ अंक घटेको हो । परिसूचकसहित कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।   ५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो । बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटे ।   दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ तथा कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशत मूल्य बढ्यो ।   मध्यभोटेकोशी जलविद्युतको मूल्य ९.८ ...
अत्याधिक मदिरा सेवनका कारण राउटे मुखियाको मृत्यु

अत्याधिक मदिरा सेवनका कारण राउटे मुखियाको मृत्यु

समाचार
काठमाडौं । जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ ।   ४९ वर्षीय शाहीको गएराति बराहताल गाउँपालिका–८ सोत खोलामा रहेको बस्तीमा मृत्यु भएको हो । अत्यधिक मदिराका कारण मुखिया शाहीको मृत्यु भएको राउटे समुदायसँग काम गर्दै आएका सोसेक नेपालका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।   ‘नयाँ वर्षमा यो समुदायमा ठूलो चाड मनाउने प्रचलन हुन्छ । त्यहीँ बेलादेखि उहाँ विरामी हुनुहुन्थ्यो,’ खत्रीले भने, ‘पछिल्लो पाँच दिनयता विरामीले च्यापेपछि सुतिरहने तर नउठ्ने गरेपछि अस्पताल लैजान सम्झाउने गरेका थियौं । तर उहाँको गएराती नै मृत्यु भयो ।’   राउटे समुदाय विरामी भएपछि उपचारका लागि अस्पताल जान मान्दैनन् । ‘मुखियाले अस्पताल गएका सबैको मृत्यु भएको छ म पनि जाँदैन भन्नुहुन्थ्यो,’ खत्री भन्छन्, ‘सोमबारसम्म अवस्था हेरौं नभए म...
अमादब्लम हिमाल चढेर फर्कने क्रममा अस्ट्रेलियन नागरिकको मृत्यु

अमादब्लम हिमाल चढेर फर्कने क्रममा अस्ट्रेलियन नागरिकको मृत्यु

समाचार
काठमाडौं । सोलुखुम्बुको अमादब्लम हिमाल चढेर फर्कने क्रममा एक अस्ट्रेलियन आरोहीको मृत्यु भएको छ।   स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिबाट आरोहणमा गएका ६४ वर्षीय र्मार्टिन हर्नेगरको हिमाल आरोहण गरी फर्कने क्रममा मृत्यु भएको हो।   उनले अमादब्लम आरोहण गर्न २५ चैत २०८१ मा जानका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए। वैशाख १३ गते आरोहरण गरी फर्कने क्रममा बेपत्ता भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए।   'उनी आफ्ना परिवारसँग गएका थिए, फर्किने क्रममा चिप्लिएर लडेर बेपत्ता भए,'  निर्देशक गौतमले भने, ' खोजतलासका क्रममा सोही दिन साँझ आमादब्लम हिमालको फेदमा मृत भेटिएका हुन्।'   ...
पानी भरिएको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

पानी भरिएको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

समाचार
काठमाडौं । पर्सामा पानी भरिएको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।   पर्सागढी नगरपालिका-५ स्थित  सन्तोष शाहले सञ्चालन गरेको हिरा इँटा भट्टाको खाल्डोमा जमेको पानीमा डुबेर सोमबार बिहान दुई जना बालिकाको मृत्यु भएको हो।   मृत्यु हुनेमा सोही ठाउँमा काम गर्ने रूष्ट मियाको छोरी ५ वर्षीया मिया खातुन र मुख्त्तर मियाको छोरी ४ वर्षीया अपसना खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साको डिएसपी किशोर लम्सालले जानकारी दिए।   'उनीहरूलाई डुबेको देखेपछि इँटा भट्टामा काम गर्ने कर्मचारीहरूले उद्धार गरेर नारायणी अस्पताल पुर्‍याएको थियो। अस्पतालले मृत घोषित गरिदिएको हो।' उनले भने।   ...
जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

जाजरकोट पश्चिम, छेडागाड नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
काठमाडौं :छेडागाड नगरपालिकाले आँखा उपचार केन्द्र स्थापना गरेको छ । नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको सहयोगमा नगरपालिकाले छेडागाड–५ वडावनको फुर्किचौरमा सोमबार आँखा उपचार केन्द्र स्थापना गरेको हो । छेडागाड नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेको आँखा उपचार केन्द्रले सोमबार देखिनै आँखा जाँच गर्न सुरुवात गरेको छ । सुर्खेत आँखा अस्पतालमा कार्यरत नेत्र चिकित्सक डा. मन्जु पन्तले नगरप्रमुख खड्काका दुवै आँखा परीक्षण गरेर आँखा जाँचको सुरुवात गरेकी थिइन् । डा. पन्तकानुसार प्रमुख खड्काको दाँया आँखामा मोतिविन्दु भएको र बाँया आँखामा मासु पलाएको बताएकी थिइन् । मोतिविन्दु भन्दा पहिला बाँयामा पलाएको मासुको शल्यक्रिया गर्नु पर्ने बताएकी थिइन् । धुलो, धुवा, खानपान जस्ता ग्रामिण जीवनशैलीका कारण बर्सेनी मोतिविन्दुका बिरामीहरुको संख्या बढ्दै गएको नगर प्रमुख खड्काले भनाइ...
पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

पहिला बहिनिले मृगौला दिईन अहिले आमाले दिने तयारी छ,सहयाेगकाे अपेक्षा गरेकाे छु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
काठमाडौं :शहीद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्र दूधपाटी भक्तपुरमा मिर्गाैलाको डायलासिस गर्दै गरेका जाजरकोट कुशे गाउपालिका ५ का केबि मल्लले आफ्नो ज्यान जोगाउनका लागि आर्थिक सहयोगको आशा राखेका छन् । अस्पतालमा उपचाररत उनले आर्थिक अभाबका कारण आफनो उपचारमा समस्या भएको बताए । उनका अनुसार अहिले उनको दुई वटै मिर्गाैला विग्रेको छ । यही कारण उनी गाउँंबाट आमालाई बोलाएर ७५ वर्षीय बृद्धा आमाको मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा छन् । तर आर्थिक अभाबका कारण समस्या परेको उनले सुनाए । बहिनी तुलसी मल्लले जनाए अनुसार दाजु ६ वर्ष अगाडिदेखि नै मिर्गाैलाका विरामी हुन् । ६ वर्ष अघि नै आफनो मिर्गाैला दिएर दाइलाई सहयोग गरेको तुलसीले सुनाइन् । आफू पनि विवाहित भएकाले घर र छोराछोरी गाउँमै अस्तव्यस्त रहे पनि दाजुको कोही नभएकाले सहयोगमा रहेको उनले बताइन् । उनको साथमा अहिले उनकी साइली बहिनी तुलसी मल्ल मात्रै छ...