काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
काठमाडौँ — काठमाडौँ जेसीजले आयोजना गरेको वार्षिक पात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम काठमाडौँ जेसिजको सभाहल, तिनकुनेमा सम्पन्न भएको हो।
सो अवसरमा काठमाडौँ जेसीजका अध्यक्ष श्याम कुमार घिमिरे, काठमाडौँ महानगरपालिका–७ का वडा अध्यक्ष तथा काठमाडौँ जेसीजका पूर्व अध्यक्ष बिमल कुमार होडा, समाजसेवी तथा काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपाने, काठमाडौँ जेसीजका पूर्व अध्यक्ष सञ्जय नाथ जोशी, साहित्यकार तथा सञ्चारकर्मी सरोज ओझा र काठमाडौँ जेसीजकी उपाध्यक्ष दिया थापाले संयुक्त रूपमा नयाँ पात्रो विमोचन गर्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष श्याम कुमार घिमिरेले पात्रो केवल मिति र तिथिको सूचक मात्र नभई संस्था, योजना, संकल्प र सामाजिक क्रियाशीलताको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो। उहाँले यो पात्रो सबैको साझा यात...








