२०८३ असार १४, आइतवार

सदनको गतिरोध अन्त्य गर्न सभामुखले गरे सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको गतिरोध अन्त्य गर्न पहल गरेका छन्।

 

सभामुख घिमिरेले मंगलबारको प्रतिनिधि सभा बैठकअघि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेको सभामुखको सचिवालयले जनाएको छ।

 

साथै सभामुख घिमिरेले नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरूसँग पनि कुराकानी गरिरहेका छन्।

 

प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि उक्त समयमा बैठक बस्न सकेको छैन।