लगातार चार दिनको गिरावटपछि दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार
बुधबार नेप्से परिसूचक दोहोरो बढेको छ।
गत बिहीबारदेखि नेप्से घट्दो क्रममा रहेको थियो। बुधबार अर्थात् पाँचौं दिन भने नेप्से बढेको हो।
नेप्से १७.४४ अंकले बढेर २६९३.०६ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
मंगलबार ६ अर्ब ५२ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार ८ अर्ब ५८ करोड रूपैयाँको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब ६ करोड रूपैयाँ वृद्धि भएको हो।
ज ३२३ वटा धितोपत्रको दुई करोड सात लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच भएको हो।
बुधबार १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटाको घटेको छ। यस्तै दुई कम्पनी स्थिर रहेको छ।
यसदिन तीन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ।
ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य १० प्रतिशतले बढेको छ भने ग्रीन डेभलपमेन्ट बैंक र पियोर इनर्जीको मूल्य ९.९९ प्रतिशतले बढेको छ।
&nbs...








