३ कार्तिक २०८१, शनिबार

समाचार

नेकपा  विप्लव समूहले चुनाव खारेज  गर्ने  ।

नेकपा विप्लव समूहले चुनाव खारेज गर्ने ।

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
              १५ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको छ । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए । चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डाफोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित पत्रकार सम्मेलनमा उनले बताए । वैठकले विप्लवका दाजु वीरजंगको मृत्युबारे अध्ययन गर्न पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।...
पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ  बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ बनिन् एमाले घोषणापत्र सार्वजनिक कार्यक्रमको उद्घाेषक

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गरेको छ । होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रमको सञ्चालन पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले  गरेकी छन् । • यसअघि पार्टीका महत्वपूर्ण समाराेह, बैठकहरु महासचिव या अरु नेताले सन्चालन गर्ने गर्थे । त्याे प्रथा तोड्दै एमालेले यसपल्ट पूर्व मिस नेपाललाई चुनावी घोषणापत्र सार्वजनिक गर्ने समारोहको सन्चालक बनाएको हो ।...
अनमोलको छड्के चार फिल्म संग जुध्ने भयाे ।

अनमोलको छड्के चार फिल्म संग जुध्ने भयाे ।

Breaking News, खेल, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
नेपाली फिल्म ‘छड्के २’ फागुन १९ मा रिलिज हुने भएको छ। यसअघि साेही मितिमा ‘छक्का पन्जा ४’, ‘वर एन्ड बधु’, ‘परस्त्री’ र ‘बुलाकी’ प्रदर्शन हुने पक्का भैसकेको छ। यही मितिमा ‘छड्के २’ पनि रिलिज हुने भएपछि ५ फिल्मको भिडन्त हुने देखिएको छ। निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। अनमोल केसी स्टारर यो फिल्म निगम श्रेष्ठले निर्देशन गरेका हुन्। निगमकै लेखन तथा निर्देशन रहेको फिल्ममार्फत ग्याङस्टारको कथा भन्न खोजिएको छ। लभस्टोरी फिल्ममा रुचाइएका अनमोल पहिलोपटक ग्याङस्टारको अवतारमा देखिँदै छन्। फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानी गरेका छन्। निर्भान फिल्म स्कुल र लक्ष्मण काफ्ले फिल्मका कार्यकारी निर्माता हुन्।...
नयाँ सामाजिक संजाल ल्याउदै ज्याक डाेर्सी   :

नयाँ सामाजिक संजाल ल्याउदै ज्याक डाेर्सी :

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, विज्ञान प्रबिधि, शिक्षा, समाचार
ट्वीटरका संस्थापक ज्याक डोर्सीले आफ्नै नयाँ सामाजिक सञ्जाल ल्याउने भएका छन्। उनले आफ्नो नयाँ सामाजिक सञ्जालको नाम ब्लुस्काई हुन सक्ने संकेत गरेका छन । डोर्सीले गत साता नै ब्लुस्काईको अर्थ सम्भावनाको ठूलो क्षेत्र हुने उल्लेख गरेका थिए। उनले सुरुमा यसलाई सहयोग गर्नको लागि मानिसहरुलाई आग्रह गरेका छन्। डोर्सीले पछिल्लो समय ट्वीटरबाट असन्तुष्ट रहेका मानिसहरुलाई आफ्नो सामाजिक सञ्जालमा आउन आग्रह गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। अर्बपति इलोन मस्कले ट्वीटर खरिद गरेसँगै ट्वीटरप्रति धेरै मानिस असन्तुष्ट पनि बनेका छन्। ब्लुस्काई कम्पनीले प्रेस विज्ञप्ति जारी गरेर अहिले नयाँ सामाजिक सञ्जालको परीक्षणको काम भइरहेको जानकारी दिएको हो। कम्पनीले यस विषयमा धेरै पक्षसँग सहकार्य गरेर अघि बढ्नुपर्ने जरुरी रहेको बताएको छ। बेटा परीक्षणको क्रममा यसले कसरी काम गर्छ भन्ने व...
कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

कहिले सत्रुता कहिले मित्रता जाजरकोटमा : शक्ति ,निरज र नर…??

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
जाजरकोट । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहयोगी बनेका जाजरकोटका नेताहरू आसन्न निर्वाचनमा आमनेसामने भएका छन् । अघिल्लो निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले टिकट पाएका थिए । अहिले पनि गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उनी नै उम्मेदवार छन् । तर उनलाई २०७४ को निर्वाचनमा सघाएका एमालेका निरज आचार्य र बस्नेतका प्रशिक्षक स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की अहिले उनीसँगै भिडिरहेका छन् । आचार्यले गत निर्वाचनमा बस्नेतलाई टिकट छोडेका थिए । कार्की पनि एक समय माओवादी निकट मानिन्थे । एमालेका आचार्य र स्वतन्त्र उम्मेदवार कार्की दुवै जनाले गत निर्वाचनमा कांग्रेसका राजीवविक्रम शाहविरुद्ध बस्नेतलाई विजय गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । तत्कालीन वाम गठबन्धन भएपछि कार्की विप्लव नेतृत्वको नेकपा हुँदै स्वतन्त्र उम्मेदवार भएका हुन् । ...
अमेरिकी राजदूत थम्पसन र प्रचण्ड  बीच भेटवार्ता : नेपाली राजनीति र आर्थिक विकासबारे छलफल

अमेरिकी राजदूत थम्पसन र प्रचण्ड बीच भेटवार्ता : नेपाली राजनीति र आर्थिक विकासबारे छलफल

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
१५ कार्तिक  ललितपुर : नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन्। खुमलटार निवासमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताए। उनले भने ,‘नेपाल र अमेरिकबीच वर्षौदेखिको मित्रता रहेको छ। तपाईको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु।’ उनले आफूहरु मुलुकको आर्थिक समृद्धिको अभियानमा रहेको बता‍उँदै यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताए। राजदूत आर. थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुकमा आउँद...
अर्थमन्त्री जनार्दन शर्मा चाैथाे  जितको खोजीमा…?

अर्थमन्त्री जनार्दन शर्मा चाैथाे जितको खोजीमा…?

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
             १५ कार्तिक काठमाडौं । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्मा चौथोपटक चुनावी दौडमा छन् । ०६४, ०७० र ०७४ को निर्वाचनमा रुकुम पश्चिम (तत्कालीन रुकुम)बाट विजयी भएका उनी चौथो जित निकाल्ने योजनासहित प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् । शर्मालाई कांग्रेस र एकीकृत समाजवादीको पनि साथ छ । तर, कांग्रेस केन्द्रको निर्णयविपरीत तारक केसी बागी उम्मेदवार बनेका छन् । केसी बागी हुँदा गठबन्धनको मत काटिने र त्यसको फाइदा एमाले उम्मेदवार नन्दराम देवकोटाले उठाउन सक्ने आकलन पनि गरिएको छ । कांग्रेसका केही नेता खुलेरै बागीको पक्षमा लागेका छन् । कांग्रेसले भने केसीलाई कारबाही गरिसकेको छ । कांग्रेस रुकुम पश्चिमका सचिव परमेश्वर भण्डारीका अनुसार केसीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र कांग्रेस केन्द्रीय कार्यालयबाट २५ असोजमा प्राप्त भइसहकेको छ । माओवादी जिल्ला अ...
ने क पा  एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै:

ने क पा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दै:

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । आज दिउँसो साढे एक बजे होटल याक एण्ड यतीमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने नेकपा एमालेका कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । उनका अनुसार त्यहीँ लाइभ डिबेटको कार्यक्रम पनि हुनेछ । नेकपा एमालेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार समृद्धिको मार्गचित्र सहितको घोषणापत्र सार्वजनिक हुनेछ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।   ...
माओवादी केन्द्र काे  घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

माओवादी केन्द्र काे घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ प्रधानमन्त्रीका रुपमा अगाडि सारेको हो। आगामी सरकार निर्माणमा निर्णायक हुने अनुमान गरिएको माओवादी केन्द्रले राष्ट्रको नेतृत्व, निकास र विकासका लागि प्रचण्ड नै प्रधानमन्त्री बन्नुपर्ने निष्कर्ष प्रस्तुत गरेको छ । नेताहरुको अभिव्यक्ति र चुनावी गीत मार्फत् पनि माओवादी केन्द्रले आगामी सरकारको दावी गर्दै आएको थियो । सोमबार मात्रै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा पुगेर प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका थिए । घोषणा पत्रमा भने प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने कारण र त्यसबाट मुलुकले पाउने लाभबार...
चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ  : प्रकाशमान सिंह

चुनाव पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ : प्रकाशमान सिंह

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मंसिर ४ को चुनावपछि कांग्रेसकै नेतृत्वमा गठबन्धन सरकार बन्ने दाबी गरेका छन्। राजधानीको बानेश्वरमा आज चुनावी अभियानका क्रममा मतदाताहरूसँगको  भेटघाटमा नेता सिंहले आम युवा विद्यार्थीले चाहेजस्तो शिक्षा र रोजगारी सुनिश्चित गर्न आफूले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सबै नेपालीले चाहेअनुरुपको शासन पद्धतिमा सुधार कांग्रेसले मात्रै गर्ने सक्ने दाबी उनले गरे। । नागरिकले चाहेजस्तो राजनीतिक परिवर्तन भए पनि आम नेपालीको जीवनस्तर बदलिन नसकेको नेता सिंहले बताए।आसन्न निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न मतदातालाई उनले आग्रह गरेका छन्। ‘अवसर पाउँदा कसले के गरिरहेकोछ, कुन राजनीतिकले दल के गरिरहेको छ, कुन नेता के गर्दै छन्’, उनले भने, ‘यी सबको लेखाजोखा गर्नुहोला र विवकेपूर्ण निर्णय लिनुहोला...