३ आश्विन २०८१, बिहीबार

विगन्यूज

‘नवौं महाधिवेशनलाई विचार, मूल्य र आदर्श उत्सवको रूपमा सम्पन्न गरौं !’

‘नवौं महाधिवेशनलाई विचार, मूल्य र आदर्श उत्सवको रूपमा सम्पन्न गरौं !’

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
‘ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !! ऐतिहासिक नवौँ महाधिवेशनलाई भव्यरूपले सफल पारौं ! एकीकृत जनक्रान्तिको विचारलाई नयाँ उचाइमा विकास गरौं !!हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको ५ वर्ष बितिसकेको छ । यसबीचमा देशभित्र र अन्तर्राष्ट्रिय क्षेत्रमा गम्भीर ऐतिहासिक महत्वका घटनाहरू भएका छन् । यसबीचमा महान् जनयुद्ध र जनआन्दोलनको जनादेश र जनभावनाका विरुद्ध राष्ट्रियता, जनजीविका र जनतन्त्रमाथि गम्भीर आघात पु-याइएको छ । महान् जनयुद्धको क्रममा जनताले चिहानको डिलमा पु-याएको दलाल संसदीय व्यवस्थालाई प्रचण्ड–बाबुरामको आत्मसमर्पण, दलाल पुँजीपति वर्गको षड्यन्त्र र साम्राज्यवादको आडमा पुनः लादिएको छ । जनयुद्धमाथिको दमन देशभक्त धारामाथिको दमन थियो र हो । यी जनद्रोही र देशद्रोही कदमहरूले जनताको बाँच्न पाउने नैसर्गिक अधिकारमाथिको पन...
नेकपाको नवाैँ महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिको बैठक सुरु

नेकपाको नवाैँ महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिको बैठक सुरु

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
नेपाल कम्युनिस्ट पार्टीको नवाैँ महाधिवेशनकाे पूर्वसन्ध्यामा केन्द्रीय समितिकाे १४ औँ पूर्ण बैठक प्रारम्भ भएकाे छ । नेकपा महासचिव विप्लवको अध्यक्षतामा आजबाट सुरु भएको बैठकले पार्टीको केन्द्रीय कार्यलय शिवगढीमा यही असाेज २५ गतेदेखि ३१ गतेसम्म हुने नवाैँ महाधिवेशनकाे सम्पूर्ण तयारीको बारेमा जानकारी गराएको छ / असाेज २५ गते दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यलय शिवगढीमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएकाे नेकपाले जनाएको छ । महाधिवेशनमा आउने सबै अतिथि, प्रतिनिधि, पर्यवेक्षकहरुलाई स्वागत गर्नका लागि विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएका छन् देशभरबाट जिल्ला जिल्लाका, विभिन्न विभाग, जवसका प्रतिनिधि, पर्यवेक्षक छनाेट गरी आउने क्रम सुरु भएकाे छ । वर्षाका बाबजुद पनि खुल्ला रुपमा महाधिवेशनकाे उद्घाटन हुने केन्द्रीय कार्यलयले जनाएकाे छ । महाधिवेशनकाे जानकारी दिनकाे ला...

बाढीले तीन सयभन्दा बढी घर डुबानमा :

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका हुन्। बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताए। राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन्। घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन्। अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। अहिले पनि वर्षा भइरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले छ दशमलव त्रिसट्ठी मिटर पार गरेको छ। रा...
फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

फूलमती विश्वकर्माप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली

Breaking News, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार, स्वास्थ
काठमाडौँ : नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माकी आमा फूलमती विश्वकर्माप्रति पार्टी संयोजक कञ्चनले हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन् । शनिबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टी संयोजक कञ्चनले लोकेशसहित शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् । संयोजक कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पर्वत जिल्लाको पैयुँ गाउँपालिका स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका १३ लेखनाथमा बसोबास गर्दै आएका हाम्रो पार्टीको नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्वविद्यार्थी नेता कमरेड लोकेश विश्वकर्माकी ममतामयी आमा फूलमती विश्वकर्माको यही असोज २२ गते शनिबार ६२ वर्षको उमेरमा हृदयाघातका कारण भएको असामयिक निधनले सिङ्गो पार्टीलाई स्तब्ध बनाएको छ । कमरेड लोकेशकी ममतामयी आमाको असामयिक दुःखद् निधनमा आमाप्रति सिङ्गो पार्टी भावपूर्ण श्रद्धाञ्ज...
बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

बुझाइयो भ्रष्ट र देशद्रोहीलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र |

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
काठमाडौँ  नेकपा (बहुमत) मधेस प्रदेश ब्युरोका जवस/मोर्चाहरूले सबै जिल्लाका निर्वाचन आयोगका अधिकृतहरूलाई भ्रष्ट र राष्ट्रघातीहरूलाई उम्मेदवार नबनाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । जवस/मोर्चाका नेता–कार्यकर्ताहरूले मधेस ब्युरोका सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी र रौतहटका निर्वाचन आयोगका कार्यालयहरूमा ज्ञापनपत्र बुझाएका हुन् । सर्लाहीको निर्वाचन आयोगको कार्यालयमा पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज निर्माण, जिल्ला संयोजक बिहानी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा मधेस ब्युरो इन्चार्ज किसुनदेव शर्मा, मधेसी मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ठगा राम, युवा जनस्वयम्सेवक नेपालका जिल्ला सदस्य बिजिन्द्रमण्डलसहितको टोलीले निर्वाचन कार्यालयका अधिकृत निर्मल पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । त्यस...

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, शिक्षा, संस्कृति, समाचार, सुचना संचार
२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ । नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ । साफ यू-१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । प्रशिक्षणमा अहिले ३० खेलाडी छन् ।...
काठमाडौं ४ बाट गगन थापाले दिय उम्मेदवारी ।

काठमाडौं ४ बाट गगन थापाले दिय उम्मेदवारी ।

Breaking News, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
२३असाेज काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि काठमाडौं ४ बाट नेपाली कांग्रेसका युवा नेता महामन्त्री गगन कुमार थापाले उम्मेदवार दर्ता गरेका छन । उनी नेपाली कांग्रेसका स्वच्छ छवि भयका युवा नेताकाे रुपमा चिनिन्छन ।
रेशम चाैधरीले दिय बर्दिया २ बाट उम्मेदवारी

रेशम चाैधरीले दिय बर्दिया २ बाट उम्मेदवारी

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२३ असाेज बर्दिया : मंसिर ४ मा हुने प्रतिनिधि सभा चुनाव का लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षणक रेशम चाैधरिले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरायका छन । २०७४ सालकाे चुनावमा कैलाली १ बाट भारि मतले बिजयि चाैधरि टिकापुर घटनाक्रमले विभिन्न मुद्दामा जेलमा छन ।
डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै उम्मेदवारी नदिएको बताएका छन् ।

डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै उम्मेदवारी नदिएको बताएका छन् ।

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
२३ असोज, गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आजीवन कुर्सीमा बस्नुपर्ने परम्परालाई तोड्दै आफूले यसपटक निर्वाचनमा उम्मेदवारी नदिएको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी दर्ताका लागि गोरखा आएका उनले आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाड्न पाउँदा आफू निकै हर्षित भएको समेत बताएका छन् । ‘आजीवन कुर्सीमा बस्ने गलत परम्परालाई एकपटक तोड्नै पथ्र्याे, म अवसर पर्खेर बसिरहेको थिएँ’, उनले भने, ‘कमरेड प्रचण्ड जो अन्तर्राष्ट्रिय स्तरसम्म ख्याति प्राप्त हुनुहुन्छ उहाँजस्तो व्यक्तिलाई मैले प्रतिनिधित्व गरेको ठाउँ हस्तान्तरण गर्न पाउँदा म अत्यन्त खुशी छु ।’ छोटो अवधिमा भएपनि आफ्नो पालामा गोरखामा विकासका केही पूर्वाधार बनेको बताउँदै उनले प्रचण्डको आगमनले त्यही जगमा टेकेर समृद्धिको महल खडा हुने बाटो ख...
जाजरकोटमा  शक्तिसँग निरज भिड्ने

जाजरकोटमा शक्तिसँग निरज भिड्ने

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
२३ असोज, जाजरकोट । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जाजरकोटमा उम्मेदवारहरुको टुंगो लगाएको छ । गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको छ । प्रतिनिधि सभामा माओवादीले पार्टी उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ । प्रदेश सभातर्फ कांग्रेसले (क) मा वेदराज सिंह र (ख) मा राजिवविक्रम शाहलाई उम्मेदवार बनाएको छ । जाजरकोटमा नेकपा एमालेले प्रतिनिधि सभातर्फ यूवा नेता निरज आचार्यलाई उम्मेदवार बनाएको छ । ०७४ मा वाम गठबन्धन हुँदा टिकट गुमाएका आचार्यले शक्तिलाई नै सघाएका थिए । तर यसपटक आचार्यले शक्तिसँगै प्रतिस्पर्धा गर्ने छन् । २०७४ मा प्रतिनिधि सभामा शक्तिसँग पराजित भएका कांग्रेसका राजिव विक्रम भने यसपटक प्रदेश सभामा झरेका हुन् ।...