संसदीय चुनाव खारेज अभियानलाई दमन गरे प्रतिरोध गछौं : प्रकाण्ड
१५ कार्तिक काठमाडौं । नेकपा प्रवक्ता प्रकाण्ड सीले आगामी संसदीय व्यवस्था अन्तर्गतको संघीय र प्रादेशिक चुनाव शसक्त खारेज गर्ने बताउनु छ । उहाँले चुनाव खारेजी अभियानलाई राज्यले दमन गरे प्रतिरोध गरिने बताउनु भएको छ । उहाँले एमसीसी पक्षधर दलाल, भ्रष्टाचारी, राष्टघाटी, भुमाफिया, सुदखोर, तस्कर, व्यभिचारीहरुलाई पार्टीले कारवाहीको निशाना बनाउने बताउनु भएको छ ।
मंगलबार नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रकाण्डले निर्वाचन खारेजी अभियान ३ बुँदे सहमति कार्यान्वयनका लागी दवाव दिन समेत संघर्षको मोर्चा हुने बताउदै सम्पूर्ण देशभक्त क्रान्तिकारी एवं सच्चा लोकतन्त्रवादीहरुले यो चुनावलाई खारेज गर्नुपर्ने बताउनुभयो ।
उहाँले चुनावको वर्गीय पक्षधरता हुने बताउदै संसदीय चुनावले दलाल पुँजीवादलाई बलियो बनाउने बताउनुभयो । उहाँले स्थानीय चुनावलाई कार्यनीत...