३ माघ २०८२, शनिबार

Author: तुफान न्यूज

हमासले इसराइललाई हस्तान्तरण गर्‍यो चार बन्धकको शव

समाचार
काठमाडौं । हमासले गजामा मृत्यु भएका चार जना इसराइली बन्धकको शव हस्तान्तरण गरेको छ।   बिहीबार दिउँसो रेड क्रसमार्फत ती शवहरू हमासले इसराइललाई हस्तान्तरण गरेको हो।   टाइम्स अफ इसराइलका अनुसार सन् २०२३ को अक्टोबर ७ मा इसराइलबाट बन्धक बनाएर हमासले गजा पुर्‍याएका ३३ वर्षीया शिरि बिबस, उनकी ५ वर्षीया छोरी एरियल र झन्डै २ वर्षका छोरा केफिर सहित ८४ वर्षका ओडेड लिफसिथको मृत्यु भएको थियो।   केफिर हमासले बन्धक बनाएर गजा पुर्‍याउँदा ९ महिनाका मात्रै थिए। उनीहरू सबैभन्दा कम उमेरका बन्धक भएकाले केफिर र एरियल इसराइलभरि परिचित छन् । उनीहरूको मृत्यु भएको र शव हस्तान्तरण गर्न लागिएको भन्ने खबरले पूरै इसराइल स्तब्ध भएको टाइम्स अफ इसराइको समाचारमा उल्लेख छ।   केफिरको शव हमासले बन्धकमुक्त गर्ने भनेपछि गुलाबी रङको खेलौना हात्ती समातेर दाँत नभएक...
यो.. प्रजातन्त्र दिवस होइन,कालो दिन हो :समरजंग

यो.. प्रजातन्त्र दिवस होइन,कालो दिन हो :समरजंग

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पुर्ण बहादुर सिंह "समरजंग"ले प्रजातन्त्र दिवस भनेको कालाे दिन भएको बताएका छन्। आज काठमाडौंकाे गाेगंबुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघकाे आठाैं राष्ट्रिय सम्मेलन समितिकाे तयारी वैठकका क्रममा यस्तो बताएका हुन् उनलेे भने आज कै दिन बिक्रम सम्बत् २००७ फागुन ७ गते दिल्लीमा राणा, काँग्रेस र राजाले सम्झौता गरि नेपाली स्वाभिमानी सत्ता हस्तान्तरण गरि उसको ईच्छामा प्रजातन्त्र स्थापनाकाे गरि औंपचारिक रुपमा दलाल बनेको जिकिर गरे । उनले यस्तो दलाल सत्ताद्भारा सिर्जित नेपाली अर्थसम्बन्धलाई हल गर्ने बाटो भनेको अब वैज्ञानिक समाजवादी जनक्रान्ति भएको बताए । जबसम्म राजनीतिक क्रान्ति सम्पन्न हुदैन तबसम्म नेपाली समाज परिवर्तन हुन नसक्ने बताएका छन् । उनले "अन्तर्राष्ट्रिय परिस्थिति अमेरिकी राष्ट्रपति ट्रम्प पुनः निर्वाचित भए पछि नयाँ ढंगले ...
भारतमा भयकाे नेपाली प्रकृति लम्सालकाे घटना बारे अखिल क्रान्तिकारीद्वारा घाेर भत्सर्ना

भारतमा भयकाे नेपाली प्रकृति लम्सालकाे घटना बारे अखिल क्रान्तिकारीद्वारा घाेर भत्सर्ना

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :समाजवादी कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले भारतमा भएको नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटना र सो घटनामा नेपाली विद्यार्थीमाथि गरिएको दमनको कडा विरोध जनाएको छ । सो संगठनका अध्यक्ष मुक्ति गैरेले आज एक विज्ञप्ति जारी गर्दै घटनाप्रति विरोध जनाएका हुन् । विज्ञप्तिमा गैरेले दोषीमाथि कडा कारवाहीको माग पनि गरेका छन् । लम्साललाई दिइएको मानसिक यातनामाथि कलेजले बेवास्ता गरेको भन्दै प्रमाण सहित किटान जाहेरी दिंदा पनि कारबाही दोषीमाथि नगरिनु कलेज प्रशासनको गम्भीर लापरबाही र बेवास्ता गरिएको पुष्टि भएको विज्ञप्तिमा भनिएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै गैरेले उक्त घटनाको न्यायका पक्षधर विद्यार्थीहरु माथि गरिएको दमनप्रति खेद प्रकट गरेका छन् । साथै उनले देश तथा विदेशमा रहेका आफ...
बगाले थापा क्षेत्रीहरूको १४०औं कुलपूजाको अबसरमा बृहत स्वास्थ्य शिविर हुदै

बगाले थापा क्षेत्रीहरूको १४०औं कुलपूजाको अबसरमा बृहत स्वास्थ्य शिविर हुदै

समाचार
धादिङ । बगाले थापा क्षेत्रीहरूको ऐतिहासिक कुलपूजा फागुन २३ गते, शुक्रबार, शुक्लअष्टमी को शुभविवाहको लगनमा बृहत निःशुल्क स्वास्थ्य शिविर साथै भव्य रूपमा सम्पन्न गरिने भएको छ। त्रिपुरासुन्दरी गाँउपालिका मुलपानी मुर्चोकमा बगाले थापा हरुको कुलपूजाको अवसर पारेर इन्स्पेक्टर सुरेस थापाको संयोजकत्वमा वरिष्ठ विशेषज्ञ डाक्टरहरु टोली द्वारा दन्त रोग, स्त्री तथा प्रसुति रोग,हाडजोर्नी, मोतीबिन्दु, पेटसम्बन्धी रोग, भिडियो एक्स-रे लगाएत निःशुल्क औषधि वितरण हुने छ भने मोतीबिन्दुका रोगीहरुलाई धादिङ तथा तिलगंगा आखा अस्पताल बाट निसुल्क अपरेसनको ब्यबस्था गरीने कुरा सरोज थापाले जानकारी दिनुभयो । “शक्तिको प्रतीक पितृ र कूलदेवता, वंश एकता आजको आवश्यकता” भन्ने मूल नारासहित, त्रिपुरासुन्दरी गाउँपालिका–३, मुलपानी मुर्चोक, धादिङमा आयोजना हुने यो १४०औं बगाले थापा राष्ट्रिय कुलपूजा ऐतिहासिक एवं सांस्कृतिक रूपमा ...
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

समाचार
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ ।जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् । जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनि...
अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित

अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित

समाचार
काठमाडौं । अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ।   गत असोज १० देखि १३ गते तथा यस वर्षको मनसुनबाट क्षतिग्रस्त बनेका राजमार्गहरू, पुललगायत संरचना पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग २६ अर्ब रुपैयाँको स्रोत सुनिश्चिताको माग गरेको थियो।   अर्थ मन्त्रालयले सडक तथा पुल गरी २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रूपैयाँको स्रोत सहमति प्रदान गरेको छ।   भौतिक पूर्वाधार मन्त्रालयले गत फागुन ४ गते माग गरेअनुसार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार आयोजनाहरू पुनर्निर्माणका लागि स्रोत सहमति प्रदान गर्ने निर्णय गरेका हुन्।   स्रोत सहमति प्रदान गरिएकामा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणसँग सम्बन्धित आयोजना छन्। सडकतर्फ बिपी राजमार्ग, मेच...
प्रकृति लम्साल मृत्यु प्रकरण : ब्लाकमेल गर्ने अद्विक श्रीवास्तव पक्राउ

प्रकृति लम्साल मृत्यु प्रकरण : ब्लाकमेल गर्ने अद्विक श्रीवास्तव पक्राउ

समाचार
काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।   प्रहरीले भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तवलाई पक्राउ गरेको हो । उनकै कारण प्रकृति आत्महत्या गर्न बाध्य भएको बताइएको छ । श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।   केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।   त्यसपछि इन्फोसिटी प्रहरी थानामा अद्विक श्रीवास्तवविरुद्ध आत्महत्या दुरु...
“स्मृतिका क्यान्भास भित्र नाचिरहेका दाइ तुफान : राम वहादुर सिंह (रेडियम)

“स्मृतिका क्यान्भास भित्र नाचिरहेका दाइ तुफान : राम वहादुर सिंह (रेडियम)

Breaking News, कविता, राष्ट्रिय, विचार, शिक्षा
✍️हाम्रो घरकाे जेठाे सन्तानका जेठाे नाम थियाे गाेपाल बहादुर सिंह तुफान,बुवा तिलक बहादुर सिंह र आमा तुलसा सिंहकाे जेठाे सन्तानको रुपमा २०३९ साल मंसिर ५ गते जाजरकोट जिल्लाको कुशे गाउपालिका - २ (साविक टालेगाउ गाबिस -८) डाेग्रीमा निम्न मध्यम किसान परिवारमा जन्मिएका जेठा दाइ गाेपाल बहादुर सिंह तुफान सानै देखि मिलनसार ,जाेशिलाे र फुर्तिलो स्वभावका  हुनुहुन्थ्यो ।जिवनमा आइपर्ने हरेक कठिनाइहरुलाइ सहजै सामना गर्न सकिन्छ र हामि जाईलाग्नु पर्छ भन्ने उहाकाे बयक्तिक स्वभाव  थियाे ।मिलनसार, सहनशीलता,घुलनहिल र आफन्त -पराइ संगकाे सम्बन्धबारे निकै प्रेरणादायी स्वभावका धनी तुफान साच्चिकै तुफानी स्वभावका  हुनुहुन्थ्यो ।जनकल्याण प्राथामिक बिद्यालय गुम्थलेमा प्राथमिक शिक्षाको प्रारम्भ गरेका गाेपाल बहादुर सिंहले  कक्षा ५ सम्म साेहि बिद्यालयमा अध्ययन पछि  मान्ने ढुंगा माध्यमिक बिद्यालय टालेगाउँमा ८...
बसको ठक्करबाट घाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार

बसको ठक्करबाट घाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार

समाचार
काठमाडौं ।  साँफे–मार्तडी राजमार्ग खण्डमा पर्ने अम्कोटमा आज बिहान बसको ठक्करबाट घाइते भएकी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । बूढीगङ्गा नगरपालिका–१ अम्कोट घर भएकी ५० वर्षीया विस्ना पाध्यायको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको बेला पछाडिबाट ठक्कर दिएको थियो । घाइते पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भए पनि गम्भीर चोट लागेकाले थप उपचारका नेपाली सेनाको हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष रायले जानकारी दिए । उनका अनुसार घाइते महिला गर्भवती भएकाले पाठेघरमा रगत जमेको हुनसक्ने आशङ्कामा प्रादेशिक अस्पताल पठाइएको हो । ‘बसको ठक्करबाट आज बिहान आमा छोरा घाइते भएका थिए । उहाँका आठ वर्षीय छोरा नयन पाध्यायको उपचारका क्रममा मृत्यु ...
सुधार केन्द्रमा कुटपिट गरी युवाको हत्या, सात जना पक्राउ

सुधार केन्द्रमा कुटपिट गरी युवाको हत्या, सात जना पक्राउ

समाचार
काठमाडौं । बाराको सुधार केन्द्रभित्र एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ।   शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका-१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा एक जना पुरूषको हत्या भएको हो।   कलैया-९ रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको हो।   केन्द्रमा रहेका मानिसहरूसँग विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।   ...