२ माघ २०८२, शुक्रबार

Author: तुफान न्यूज

का.म.न.पा.का प्रमुख बालेनले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताए

का.म.न.पा.का प्रमुख बालेनले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताए

समाचार
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् । आज बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगका भेटमा उनले यस्तो बताएका हुन् ।   ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन ।’ उनले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नु पर्ने भए प्रदेश सरकार किन चाहियो? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’ ...
शनिबारको तुलनामा घट्यो काठमाडौंको न्यूनतम तापक्रम

शनिबारको तुलनामा घट्यो काठमाडौंको न्यूनतम तापक्रम

समाचार
काठमाडौं। शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ।   शनिबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो। आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव  काठमाडौंमा पनि हल्का पर्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। त्यसको प्रभावले  दिउँसो काठमाडौंमा हल्का बादल लाग्ने पूर्वानुमान छ। त्यसले  अधिकतम तापक्रम केही घट्ने मौसमविद् महर्जनले बताइन्। आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।   काठमाडौंमा साँझ खण्डित वर्षा हुने पूर्वानुमान पनि छ। 'माथिल्लो भूभागमा साँझ खण्डित वर्षा हुने सम्भावना छ। वर्षा छिटपुट हुने देखिन्छ,' मौसमविद् मह...
काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरू

काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरू

समाचार
काठमाडौं। काठमाडौंको स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी ठगी प्रकरणमा  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सुरू भएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधव अधिकारीको इजलासमा लामिछानेको बयान सुरू भएको हो। बयान सकिएपछि  थुनछेक बहस सुरू हुने स्रेस्तेदार रामु शर्माले जानकारी दिए।   लामिछाने आइतबार बिहान साढे ९ बजे नै अदालतमा हाजिर भएका थिए। यसअघि बिहीबार कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा ६५ लाख धरौटीमा छाडेको थियो। उक्त आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी हिरासतमुक्त भएका थिए।   स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको अभियोगपत्रमा खुलाइएको छ।  उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर मुद्द...
सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्रामा लोमश वाङ्मय प्रतिष्ठान

अर्थवाणिज्य, मनाेरन्जन, संस्कृति, समाचार
काठमाडौं । बिधिवत रुपमा दर्ता भएर छोटो समयमा साहित्यिक उत्थानको क्षेत्रमा आफ्नो प्रभावकारीता जमाउन सफल संस्था लोमश वाङ्मय प्रतिष्ठानले सर्जक जगदीश्वर पोखरेलको “पद्यकुञ्ज”माथि परिचर्चा तथा छन्द विशेष कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे “ अटल ”को सभापतित्वमा सम्पन्न कार्यक्रममा डा.अमर गिरीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम प्रतिष्ठानका सचिव नवीन पल्लवले सन्चालन गर्नु भएको थियो । प्रारम्भ वल्र्ड स्कुल एण्ड कलेज, तार्केश्वर ,शान्तिटोलको शभाहलमा भएको कार्यक्रममा सोहि स्कुलका प्राचार्य कमल प्रसाद ज्ञवालीले सबैलाई स्वागत मनतव्यबाट स्वागत गर्नु भएको थियो । आयोजक संस्थाको तर्फबाट कार्यसमिति सदस्य अप्सरा के.सी.ले स्वागत मनतब्य राख्दै साहित्य प्रेमी सबैमा हार्दिक अभिवादन व्यक्त गर्नु भयो । कार्यक्रममा त्रिशुली वाङ्मय प्रतिष्ठानका उपाध्यक्ष राजेन्द्रमान...
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

समाचार
काठमाडौँ । आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका-८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ...
मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते

मनहरीमा सवारी दुर्घटना, ८ जना घाइते

समाचार
काठमाडौँ । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शनिवार दिउँसो १ बजेको समयमा मनहरी गाउँपालिका–६ डिपार्टस्थित पूर्व पश्चिम सडक खण्डमा स्कर्पियो र कार आपसमा ठोक्किँदा ८ जना घाइते भएका हुन् ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कारपियो र चितवन बाट हेटौँडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।   दुर्घटनामा घाइते भएका सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ८ जना घाइतेलाई उपचारको लागि चितवनतर्फ पठाएको प्रहरीको भनाई छ । ...
जाडोले कठ्याङ्ग्रिएको सदाय बस्ती

जाडोले कठ्याङ्ग्रिएको सदाय बस्ती

समाचार
  काठमाडौँ । यतिखेर तराई–मधेसमा अत्यधिक चिसो छ । पछिल्ला केही दिनदेखि लागेको कुहिरो र निरन्तर चलेको हावाका कारण चिसो बढेको हो । चिसोले गर्दा सिरहाका विपन्न मुसहर समुदायहरूको जीवन कष्टकर बनेको छ । प्राकृतिक प्रकोपले पनि गरिबलाई कसरी पिरोल्छ भन्ने उदाहरण हो, सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ खोरियाका सदाय (मुसहर) बस्ती । यो बस्ती पूर्वपश्चिम राजमार्ग अन्तर्गत नयाँ चोहर्वादेखि दक्षिण करिब पाँच सय मिटरको दुरीमा छ । जहाँ ६० घर परिवार बस्छन् । बस्तीमा सदायहरु मात्र ४५ घर छन् । बाँकी १५ घर महरा, उराउँ समुदाय छन् । यही बस्तीको एक छाप्रोमा बस्छन्, ६५ वर्षीय शुक्रा सदाय र उनकी श्रीमती जंगली सदाय । शुक्रा क्षयरोगबाट पीडित छन् । श्रीमती जंगली दुवै आँखा देख्दैनन् । उनीहरूका तीन जना छोरीहरू विवाह भएर गइसकेका छन् । शुक्राले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता र चोकमा मा...
विकास र समृद्धिका लागि एमाले महासचिव पोखरेलको ५ बुँदे सुझाव

विकास र समृद्धिका लागि एमाले महासचिव पोखरेलको ५ बुँदे सुझाव

Breaking News
काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशको विकास र समृद्धिको आकांक्षा छिटो पूरा गर्ने हो भने राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकास अपरिहार्य रहेको बताएका छन् ।   सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले राजनीतिक स्थायित्वको सुनिश्चिततासहित दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने पाँच बुँदे सुझाव प्रस्तुत गरेका छन् । महासचिव पोखरेलका अनुसार जागिरमुखी शिक्षालाई उद्यमशिलता, व्यापार र व्यवसायोन्मुख शिक्षामा रूपान्तरण गर्नुपर्ने र प्राविधिक तथा व्यावसायिक शिक्षाको हिस्सा ६० प्रतिशतभन्दा माथि पुर्‍याउनुपर्ने आवश्यकता छ ।   यसैगरी, महासचिव पोखरेलले शारीरिक र मानसिक रूपमा स्वस्थ जनशक्ति विकासका लागि आवश्यक चेतना, पूर्वाधार र सामर्थ्य विकासमा जोड दिनुपर्ने बताएका छन् । साथै, प्रत्येक नागरिकलाई आधुनिक प्रविधि र...
पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण

समाचार
काठमाडौं । काठमाडौंमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ।   ३०३ औं पृथ्वी जयन्तीको अवसरमा बिहानैदेखि काठमाडौंको सिंहदरबारको पश्चिम गेट अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नेको भिड छ। बिहान राष्ट्रपति रामचन्द्र पौडेलले माल्यार्पण गरेका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पृथ्वीनाराय‍ण शाहको शालिकमा माल्यार्पण गरे।   राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले पनि शालिकमा माल्यार्पण गरे। पृथ्वी जयन्तीकै अवसरमा राप्रपाले भृकुटीमण्डपमा चियापान समारोहको पनि आयोजना गरेको छ। शिब सेना नेपालले भने पृथ्वीनारायण शाहको शालिकमा १०८ फिटको  माल्यार्पण गरेको छ।...
बुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोग

बुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोग

समाचार, सुचना संचार
बुढानीलकण्ठ, २०७८ माघ २६ – बुढानीलकण्ठको अप्टिमिस्टिक क्लबले ब्रेनल्यान्ड एकेडेमी हलमा युवाहरूको प्रेरणा, स्वास्थ्य सचेतना, र सामाजिक उत्तरदायित्वको विषयमा केन्द्रित विशेष कार्यक्रमको आयोजना गर्‍यो। ब्रेनल्यान्ड एकेडेमी, पिक प्वाइन्ट स्कूल र नीलोपुलको ब्रेनल्यान्ड एकेडेमीका जुनियर अप्टिमिस्टिक क्लबहरूको सहयोगमा आयोजित यस कार्यक्रममा विद्यार्थी र जुनियर क्लबका सदस्यहरूको सक्रिय सहभागिता रह्यो। कार्यक्रमका मुख्य विशेषताहरू अप्टिमिस्टिक क्लबकी जोन ३ प्रतिनिधि राधा अनुप्रिया (बोहरा)ले प्रमुख मन्तव्य दिँदै सही खानपान र बसाइको आदतको महत्त्वलाई जोड दिनुभयो। उहाँले अप्टिमिस्टिक क्लब र जुनियर अप्टिमिस्टिक क्लबहरूको उद्देश्य तथा समाजमा सकारात्मक र उत्तरदायी सोच विकास गर्ने भूमिकाबारे प्रकाश पार्नुभयो। पिक प्वाइन्ट एकेडेमीका प्रिन्सिपल तथा बु...