प्रकृति लम्साल मृत्यु प्रकरण : ब्लाकमेल गर्ने अद्विक श्रीवास्तव पक्राउ
काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालय भुवनेश्वरमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा भारतीय प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारतीय युवा २१ वर्षीय अद्विक श्रीवास्तवलाई पक्राउ गरेको हो । उनकै कारण प्रकृति आत्महत्या गर्न बाध्य भएको बताइएको छ । श्रीवास्तविरुद्ध बीटेक (मेकानिकल) तेस्रो वर्षका विद्यार्थी २४ वर्षीय सिद्धान्त सिग्देलले कम्प्युटर तेस्रो वर्षमा अध्ययनरत बहिनी २० वर्षीया प्रकृति लम्सालको मृत्यु भएको खबर इन्फोसिटी प्रहरी थानामा आइतबार नै दिएका थिए ।
केआईआआईटी विश्वविद्यालयको बीटेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत अद्विक श्रीवास्तवले गरेको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको उजुरी सिद्धान्तले गरेका थिए ।
त्यसपछि इन्फोसिटी प्रहरी थानामा अद्विक श्रीवास्तवविरुद्ध आत्महत्या दुरु...









