काठमाडौं । बाराको सुधार केन्द्रभित्र एक जना युवकमाथि कुटपिट गरी हत्या भएको छ।
शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका-१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा एक जना पुरूषको हत्या भएको हो।
कलैया-९ रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको हो।
केन्द्रमा रहेका मानिसहरूसँग विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।