११ श्रावण २०८१, शनिबार

Tag: हेलिकप्टर दुर्घटना

मनाङ एयरकाे हेलिकप्टर दुर्घटना, मानविय क्षति भने भयन

मनाङ एयरकाे हेलिकप्टर दुर्घटना, मानविय क्षति भने भयन

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।मनाङ एयरकाे ९एन-एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरका निर्देशक राजु न्यौपानेले पुष्टि गरे।  हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ  सुरक्षित रहेको निर्देशक न्यौपानेले जानकारी दिए । नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल पुर्‍याइयकाे छ । ‘अवतरणका क्रममा दुर्घटनामा परेको देखिन्छ, कारण खुलेको छैन, हाम्रो टोली घटस्थ्लमा पुग्दैछ, यात्रु कोइ नभएको कारणले मानवीय क्षति भएको छैन,’ सूचना अधिकारी भुलले भने ।   ...
हेलिकप्टर दुर्घटना बारे छानबिन समिति बन्ने

हेलिकप्टर दुर्घटना बारे छानबिन समिति बन्ने

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि
जनकपुरधाम । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले छानबिन समिति बनाउने बताएका हुन् । मंगलवार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेमा दुर्घटना हुँदा मेक्सिकोका ५ जना यात्रु र एक नेपाली पाइलटको मृत्यु भएको छ । मन्त्री किरातीले आफू जनकपुरबाट फर्किएपछि सके आजै र त्यो नभए बुधवारसम्ममा छानबिन समिति बनाएर मनाङ एयरको ९–एन–एमभी कलसाइन भएको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गरिने बताए । ‘हामीले डे वानदेखि नै सेफ्टी फर्स्ट भनेर यही नारा उच्चारण गरेका छौं । सेफ्टीमा कुनै सम्झौता हुँदैन । दुर्घटना नहोस् भनेर नै ...
भारतमा हेलिकप्टर दुर्घटना :

भारतमा हेलिकप्टर दुर्घटना :

Breaking News, अन्तर्राष्ट्रिय, समाचार
मंगलबार विहान उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गरुडचटी भन्ने ठाउँमा हेलिकोप्टर दुर्टना भएको थियो। भारतीय राष्ट्रपतिद्रोपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मृत्यु भएकाहरुप्रति संवेदना प्रकट गरेका छन् भारतको उत्तराखण्डमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरणका अनुसार दुर्घटनामा पाइलट र ६ जना यात्रुको मृत्यु भएको हो। प्राधिकरणका मुख्य कार्यकारी अधिकारी रविशंकरका अनुसार मृत्यु हुनेमा पाइलट अनिल सिंह, पूर्व रामानुज, कृति, उर्भी, सुजाता, प्रेम कुमार र कलाको मृत्यु भएको हो। दिल्लीस्थित आर्यन एभियसनको हेलिकोप्टर कम भिजिबिलिटीका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको समाचार एजेन्सी एएनआईले जनाएको छ। मंगलबार विहान उत्तराखण्डको रुद्रप्रयाग जिल्लाको गरुडचटी भन्ने ठाउँमा हेलिकोप्टर दुर्टना भएको थियो। ...