स्थानीय पाठ्यक्रम निर्माण गरि बितरण गर्ने पहिलाे स्थानीय तह बन्याे: कुशे गाउपालिका
जाजरकोट ।कुशे गाउपालिका जाजरकोटले स्थानीय पाठ्यक्रम निर्माण गरि वितरण गरेकाे छ ।
जिल्लाका सात वटा स्थानीय तह मध्ये स्थानीय पाठ्यक्रम निर्माण गरी प्रत्येक बिद्यालयमा बितरण गर्ने पहिलो स्थानीय तह बनेको छ भेरि नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्ने पहिलाे स्थानीय तह हाे भने कुशे गाउपालिका वितरण गर्ने स्थानीय तह बनेकाे हाे। पालिकाको परिचय,सम्पुर्ण बिद्यालयकाे संक्षिप्त्त चिनारी , साँस्कृतिक सम्पदा, पेशा व्यवसाय र प्रविधि, वातावरण, असल बानी व्यवहारहरु, दुर्घटना तथा विपद व्यवस्थापन, व्यक्ति र संस्थाको योगदानलाई समेटि आधारभुत तह ( कक्षा १—८) "हाम्रो कुशे हाम्राे खुसी"स्थानीय पाठ्यक्रम २०८०" नामक पाठ्यक्रम निर्माण गरेको हो ।
स्थानीय संस्कृति, जनजीवन, भुगोल, इतिहास, परम्परा, धार्मिक तथा पर्यटकीय क्षेत्र लगायतका पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिएको गाउपालिकाका शिक्षा यूवा तथा ख...