१८ असार २०८२, बुधबार

Tag: साेलुखुम्बु

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

हिमताल पुटेर आयकाे पहिराेले, साेलुखुम्बुकाे खुम्बु-थामे क्षेत्रमा ठुलाे क्षति

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
काठमाडौं :सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमताल फुटेर आएको लेदोसहितको बाढीले तीन घर बगाएको छ । यस्तै ५ वटा घर र एउटा होस्टल जोखिममा परेको सोलुखुम्बु प्रहरी प्रमुख डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । घटनास्थलमा नेपाली सेनासहितको टोली पुगिसकेको उनले जानकारी दिए । तीन घर बगाएको ५ वटा घर र एउटा होस्टल जोखिममा परेको विवरण आएको छ । मानवीय क्षतिको विवरण छैन । नेपाली सेनाद्वारा उद्धारको कार्य भइरहेको छ, उनले भने ।  नेपाली सेनाका अनुसार ६ जनाको उद्धार गरिएको छ । ठुलाे क्षति भयकाे अनुमान गरिएको छ।  ...
साेलुखुम्बुमा मतदान अधिकृत मृत अवस्थामा भेटिए ।

साेलुखुम्बुमा मतदान अधिकृत मृत अवस्थामा भेटिए ।

निर्वाचन, समाचार
३ मंसिर सोलुखुम्बु :सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्। गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए। रायलाई लामो समयदेखि सुगर र मुटुको समस्या रहेको पाइएको उहाँले बताउनुभयो । राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए ।...