११ श्रावण २०८१, शनिबार

Tag: सस्तो ब्याजमा

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण पाईने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, समाचार
जाजरकोट :गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका  लागि सस्तो ब्याजमा ऋण पाईने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक नीति समीक्षा सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।‘सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले २५ लाखसम्मको आवासीय घर कर्जा दिंदा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ,’ समीक्षामा भनिएको छ  । यस्तै भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, नेपाल राष्...