११ श्रावण २०८१, शनिबार

Tag: समानुपातिक मत परिणाम

समानुपातिक सांसदहरुकाे शुचि आज सार्वजनिक हुने :

समानुपातिक सांसदहरुकाे शुचि आज सार्वजनिक हुने :

Breaking News, चुनाव, निर्वाचन, राष्ट्रिय, समाचार
२६ मंसिर, काठमाडौं । निर्वाचन आयोगले सामानुपातिक सांसदहरुको सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी अनुसार काम भइरहेको बताए । वाग्लेका अनुसार आज समय अपुग भएमा भोलि मंगलबार सूची सार्वजनिक गरिनेछ । दलहरुले समानुपातिक निर्वाचनतर्फ देशभरबाट प्राप्त मतका आधारमा आयोगले सिट बाँडफाँट गर्दछ । यसअनुसार नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र ५ जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ पाएका छन् । निर्वाचन अघि नै दल...
प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

प्रत्यक्षे तर्फ तेस्रो स्थान हासिल गरेकाे माओवादी केन्द्र समानुपातिकमा पनि हाल सम्मा तेस्रो दल

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
आयोगका अनुसार अहिलेसम्म ९५ लाख ७३ हजार ७५ मत गनिसकिएको छ। निर्वाचन आयोगका अनुसार कूल खसेको मतको संख्या १ करोड ९ लाख ७० हजार हो। अहिलेसम्मको आकलनअनुसार यीमध्ये ३ लाख मत बदर भएका छन्। यसो हुँदा कूल सदर मतको संख्या १ करोड ६ लाख ७० हजार हुन आउँछ। यसको ३ प्रतिशत अर्थात् ३ लाख २० हजार मतलाई थ्रेसहोल्डको सीमा मानिएको छ। प्रत्यक्षतर्फ १७ सिटका साथ तेस्रो स्थानमा रहेको माओवादी अहिलेसम्म समानुपातिकतर्फ पनि तेश्रै स्थानमा छ। पहिलो स्थानमा एमाले र दोस्रो स्थानमा नेपाली कांग्रेस छन्। चौथो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी छ। नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १०:३०  बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो । ११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले...
समानुपातिक मत अपडेट ९२लाख ५० हजार ८ सय ९१ गनिसक्दा

समानुपातिक मत अपडेट ९२लाख ५० हजार ८ सय ९१ गनिसक्दा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, समाचार
प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले छिनछिनमा यसको अध्यावधिक गरिरहेको छ।यस क्रममा केही दल आपसमा कहिले अघि कहिले पछि भइरहेका छन् । यो खबर तयार पार्दासम्म राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि नेकपा माओवादी केन्द्रलाई उछिनेको छ। सुरुमा माओवादी केन्द्रभन्दा अगाडि रहेको राष्ट्रिय स्वतन्त्र पार्टी बीचमा पछि परेको थियो। तर अहिले १० लाख ६० हजार ८ सय ८९ मतका साथ ऊ माओवादी केन्द्रभन्दा अघि भएको हो। यही समयमा माओवादी केन्द्रले भने १० लाख ५४ हजार ९ सय ९७ समानुपातिक मत प्राप्त गरेको छ। यस्तै नेकपा एकीकृत समाजवादी र जनमत पार्टी पनि आपसमा अघिपछि भइरहने दल हुन्। यो खबर तयार पार्दा भने जनमत पार्टी फेरि एकीकृत समाजवादी भन्दा अघि लागेको छ। ताजा तथ्यांकअनुसार जनमत पार्टीले २ लाख ५६ हजार ३३ मत प्राप्त गरेको छ भने ऊभन्दा पछि एकीकृत समाजवादीले २ लाख ४९ हजार १ सय १८ समानुपातिक मत प्राप्...