११ श्रावण २०८१, शनिबार

Tag: सदर चिडियाखाना

मंसिर चार गते  सदर चिडियाखाना बन्द हुने ।

मंसिर चार गते सदर चिडियाखाना बन्द हुने ।

Breaking News, अर्थवाणिज्य, चुनाव, निर्वाचन, पर्यटन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
२ मंसिर, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको दिन जावलाखेलस्थित सदर चिडियाखाना बन्द हुने भएको छ । हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि अवलोकन गर्न खुला रहने गरेको चिडियाखाना निर्वाचनको मतदानको दिनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको चिडियाखाना व्यवस्थापन पक्षले जनाएको छ । हाल चिडियाखानामा विभिन्न ११० प्रजातिका एक हजार एक वन्यजन्तु छन् । अवलोकन गर्न विदेशीका लागि रु एक हजार, सार्क राष्ट्रका व्यक्तिका लागि रु ५०० र नेपालीलाई रु २०० शुल्क निर्धारण गरिएको छ । चिडियाखानामा वार्षिक करिब ११ लाख दर्शक अवलोकन गर्न आउने गरेका छन् । यहाँ वन्यजन्तुको रेखदेख र स्याहारका लागि हाल ६५ कर्मचारी रहेका छन् । तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरद्वारा विसं १९८९ मा निजीरूपमा स्थापना गरिएको सदर चिडियाखाना २०११ सालदेखि मात्र सर्वसाधारणलाई खुला...