५ बैशाख २०८३, शनिबार

Tag: संखुवासभा

अरुण नदि माथिकाे बेलिब्रिज पुल भाँचियाे, एक टृक नदिमा खस्याे

अरुण नदि माथिकाे बेलिब्रिज पुल भाँचियाे, एक टृक नदिमा खस्याे

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
संखुवासभा :संखुवासभाको मकालु गाउँपालिका–५ र २ जोड्ने बेलीब्रिज भाँचिएको छ । मकालु–५, नुम र २ को सेदुवा जोड्ने अरुण नदीमाथिको बेलीब्रिज भाँचिएको हो । शनिबार (फागुन १६) बिहान ९ बजे सिमेन्ट बोकेको ट्रक पार गर्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले जानकारी दिए । बेलीब्रिज भाचिँदा प्रदेश–०३–००१ क २९२० नम्बर ट्रक अरुण नदीमा खसेको छ । ट्रक नदीमा खसेर दुर्घटनामा हुँदा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका डीएसपी मैनालीले बताए । घाइते चालकलाई प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपश्चात् काठमाडौं लैजाने तयारी भइरहेको छ । निर्माणाधीन कासुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो । बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको ...
संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

संखुवासभा कारागारमा कैदिहरुकाे झडप हुदा दुईजनाकाे मृत्यु

Breaking News, राष्ट्रिय, समाचार, स्वास्थ
संखुवासभा ।संखुवासभाको जिल्ला कारागारमा कैदीबन्दीबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । कारागारभित्र कैदीबन्दीबीच झडप हुँदा संखुवासभाको मादी नगरपालिका- ५ का विनोद तोलङ्गगी र नुवाकोटको ककनी गाउँपालिका-७ का आकाश बलामीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । कैदीबन्दीबीच झडप हुँदा घाइते भएका उनीहरूको जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए । बलामीले चाेरी मुद्दामा र ताेलाङ्गीले बलात्कारको अभियोगमा जेलजीवन बिताइरहेका थिए । 'कारागारबाट भागेका दुवै जनालाई प्रहरीले पक्राउ गरेर फेरि जेलमै राखेको थियो । पछि फेरि विवाद हुँदा झडप भएको रहेछ । बिहान थाहा भएपछि घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो,'  प्रजिअ कार्कीले भने । कार्कीका अनुसार विनोद र आकाश ...
संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

संखुवासभा हेलिकप्टर दुर्घटना ,१ जनाको मृत्यु, चार जना घाइते

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । मृतक गुरुङले हेलिकप्टरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । माथिल्लो अरुण हाइड्रो पावरका सामान गोला भन्ने स्थानबाट सिप्रुङ भन्ने स्थानमा लैजाँदै गर्दा भोटखोला गाउँपालिका वडा नम्बर ४ सिप्रुङमा हेलिकोप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर घाइते भएका प्रहरीले जनाएको छ । घाइते चारै जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं ल्याइएको हो ।...