२६ असार २०८२, बिहीबार

Tag: रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

“साँचो मायामा नत गल्ती गरिन्छ, नत हिसाब राखिन्छ।”- रेशम बहादुर खड्का

कविता, मनाेरन्जन, राष्ट्रिय, विचार, शिक्षा, संस्कृति
✍️हाम्रो सुर नमिल्नु, ताल नमिल्नु, विचार नमिल्नु, सपना नमिल्नु… तिम्रो खुशीयाली शहरसँग मेरो उजाड मरुभूमी नमिल्नु । तिम्रो प्रेमको वर्षातले मेरो मन रुझाउन नसक्नु । तिमी मेरै भएर पनि टाढाको आकाशझैं लाग्नु, म तिम्रो भएर पनि शून्यतामा हराउनु । जसरी– दुई किनार नमिलेर नै बनेको हो नदीको अस्तित्व । जसरी– रात र दिन नमिले झै हामीले बुझेका छौं । समयको महत्व हो, त्यसैगरी–तिमी र म नमिल्नु पनि, केहि मिल्नु थियो । जस्तो – कुनै एउटा प्रेमिल यादहरू । केही नमिल्नु पनि त, धेरै कुरो मिल्नु हो । कुनै दिन तिमी भेटियौ भने, सिर निहुराएर अन्तै हेरिदिन्छु । नदेखेझैं गरिदिन्छु । देखिहाल्यौ, बोलायौ भने, नसुनेझैं गरिदिन्छु । अपरिचित बनिदिन्छु । सोध्यौ तिमीले भने, “सन्चै छ,” जस्तो भान पारिदिन्छु । सबै कुरा हाँसेरै टारिदिन्छु । साथी मात्र थियौं जस्तो गरिदिन्छु । आँसुहरू आँखामा रोकी दिन्छु । जीवन एक फूलबारी...
आशामै बिते ती  सपनाहरु

आशामै बिते ती सपनाहरु

Breaking News, विचार, समाचार
रेशम बहादुर खड्का  जहाँ मैले भेटे तिमीलाई तिमी त्यहाँ फुलै फुलमा सजिएको भान थियो । शरीरमा जवानी, आँखाभरि बैंस चढेको थियो । हजारों फुलको बगैचामा ढकमक्क फुलको गुच्छा जस्तै अझ भनौं पानीको गहिराइमा आफ्नै शुरुमा मौलाएको कमल जस्तो । त्यतिबेला यो मनमा केही आशा पनि पलाउन थालेको थियो । मनमा लाग्ने गथ्र्योे सधै यी दन्त लहरमा हाँसिरहन्छु । त्यही खुसीमा बाँचिरहन्छु । मान्छेको जिन्दगी सबैको अगाडी सबैको प्रीय भएर बाँच्छु भनेर गहिरो सोच राखेर हरदिन संघर्ष गर्दै गए । जीवनका केही समय रमाउँदै गए बितेका संसारमा रम्न गए । जिन्दगीका हरेक सपनाहरू दिनरात थप हुँदै गए । उमेर बढ्दै गयो भएको जिन्दगी कसरी सहज तरिकाले कटाउने आशमा बितिरहे । मेरो सपनाको संसार बेग्लै थियो । जसोतसो जीवनलाई सहजै बुझ्न सक्ने जति विश्वास म प्रति थियो । जिन्दगीमा एउटा मौनताको विश्वास पाएजस्तो र विश्वासको बाँकी रहेन संसारमा जिउन खोजे...