११ श्रावण २०८१, शनिबार

Tag: रुस

रुसकाे एक बारमा  आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

रुसकाे एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, अर्थवाणिज्य, समाचार
            २० कार्तिक काठमाडौं । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको बताएको छ। आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ । प्रहरीले यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । क्लबको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक पनि पक्राउ परेका छन् । कम्पनीका निर्देशक स्थानीय राजनीतिज्ञ हुन् । यसअघि सन् २००९ मा रुसको पेर्न सहरको एक नाइट क्लबमा कम्तिमा १५९ जनाको मृत्यु भएको थियो ।...
युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

युक्रेन नीति बदल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई सांसदहरूको दबाब

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
८ कात्तिक, काठमाडौं । रुस–युक्रेन युद्धप्रतिको रणनीति बदल्न अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सांसदहरुले दबाब दिएका छन् । जुन १ देखि रुस–युक्रेन युद्ध जारी छ । अमेरिकाले युक्रेनलाई सहायता र समर्थन गर्दै आएको छ । तर, रुस–युक्रेन युद्ध नरोकिएपछि लिबरल डेमोक््रयाटहरुले रणनीति बदल्नुपर्नेमा जोड दिएका हुन् । २५ जना भन्दा बढी सांसदले राष्ट्रपति जो बाइडेनलाई युक्रेनप्रतिको रणनीति परिवर्तन गर्न आग्रह गरेका छन् । साथै रुससँग प्रत्यक्ष कुटनीतिक पहल गर्न पनि भनेका छन् । डेमोक्र्याट सांसदहरुले सोमबार जो बाइडेनलाई पठाएको पत्रमा युक्रेनलाई समर्थन गर्ने नीतिको प्रशंसा गरेका छन् । रुसले युक्रेनलाई अपमानजनक र गैरकानूनी आक्रमण गरेर आफूमा विलय गर्न खोजेकोमा कुनै भ्रम नरहेको भन्दै सांसदहरुले लेखेका छन्, ‘यदि स्वतन्त्र युक्रेनलाई बचाएर युद्ध अन्त्य गर्ने उपाय छ भने युक्रेनका जनतालाई स्वीकार्य हुने त...
नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विज्ञान प्रबिधि, समाचार
बसेल्स/किभ — उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजबुत गराउने घोषणा गरेको छ । त्यसका लागि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्ड्सले आधुनिक क्षेप्यास्त्र र राडारहरूसहितका हतियार दिने बताएका हुन् ।   जर्मनीले यसअघि नै युक्रेनलाई एउटा उच्च प्रविधिको प्रतिरक्षा प्रणाली सहयोग गरेको थियो भने अमेरिकाले पनि केहि दिनअघि नै त्यस्तो वाचा गरेको थियो । युक्रेनमा पछिल्लो समय रुसले भीषण क्षेप्यास्त्र प्रहार गरेपछि पश्चिमा सैन्य गठबन्धन नाटोको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा भेला भएका ५० देशका नेताहरूले सहयोगको घोषणा गरेका हुन् । उक्त सम्मेलन अभूतपूर्व भएको युक्रेनी अधिकारीको भनाइ छ । रुसी फौजले गत सोमबार र मंगलबार युक्रेनका प्रमुख सहरहरूमा गरेको क्षेप्यास्त्र आक्रमणमा २० जनाको मृत्यु भएको थियो । युक्रेनी अधिकारीका अनुसार रुसले ऊर्जा पू...