११ श्रावण २०८१, शनिबार

Tag: राष्ट्रिय जनमाेर्चा

छिमेकीले पनि हराउन खोज्दैछन् : चित्रबहादुर केसी

छिमेकीले पनि हराउन खोज्दैछन् : चित्रबहादुर केसी

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
१३ कार्तिक काठमाडौं।  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले छिमेकी देशबाट समेत आफूलाई हराउने खेल भएको बताएका छन् । नेपालबाट धर्म निरपेक्षता र गणतन्त्र हटाउने अभियानलाई समर्थन गराउन खोज्नेबाट आफूप्रति हराउने खेल भएको दाबी गरे । आइतबार बागलुङ बजारमा आयोजित चुनावी कार्यक्रममा केसीले धर्म निरपेक्षता र गणतन्त्र बचाउन गठबन्धन र आफ्नो उम्मेदवारी चाहिएको बताए । नेपाललाई हिन्दु राष्ट्र बनाउने र राजा फर्काउने अभियानमा लागेकाले सच्चा गणतन्त्रवादी र अग्रगमनका पक्षधरलाई हराउने खेल खेल्नसक्ने समेत उनले टिप्पणी गरे । ‘म बुढो सांसद हुने नहुने कुराले केही फरक पर्दैन, तर मलाई हराउन पाए संसद् र सिंहदरबारमा खुलेआम प्रवेश गरेर हिन्दुराष्ट्र भित्राउने खेल खेलौंला भन्नेहरु धेरै छन्, त्यसमा छिमेकी राष्ट्रका कूटनीतिज्ञ नै बढी सक्रिय छन् ।’ उनले सामन्त गोयल आएर तीन घण्टा वार्ता गरेपछि पूर्वप्रध...