११ कार्तिक २०८१, आईतवार

Tag: राजनैतिक प्रस्ताव

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

श्रमिक कम्युनिस्ट पार्टी नेपालकाे २४ बुद्धे समसामयिक प्रस्ताव

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार, समाचार
महान् जनयुद्ध, एकीकृत जनक्रान्ति तथा विभिन्न जनसङ्घर्षमा सहादत प्राप्त गर्ने सहिदहरूमा हार्दिक श्रद्धाञ्जलीसहित सहिद तथा बेपत्ता परिवार, घाइते योद्धा, जेलबन्दी एवम् यातनापीडित सबैमा उच्च सम्मानसहित हार्दिक अभिवादन व्यक्त गर्दै श्रमिक कम्युनिस्ट पार्टी नेपालको विशेष भेला निम्न प्रस्ताव पारित गर्दछ :१. विशेष भेला महान् जनयुद्ध, एकीकृत जनक्रान्ति एवम् न्यायपूर्ण सबै सङ्घर्षमा सहादत प्राप्त गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै अमर सहिदले देखाउनुभएको परिवर्तन र मुक्तिको बाटोमा निरन्तर अघि बढिरहने प्रतिबद्धता जाहेर गर्दछ । २. यो भेला तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) र तत्कालीन नेकपा (बहुमत) बीचको एकता असफल र भङ्ग भएको घोषणा गर्दै अकर्मण्यतावादी, मिहिन तथा छद्म संशोधनवादी, सारसङ्ग्रहवादी एवम् रूढिवादी कार्यदिशाका विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट विभिन्...