११ कार्तिक २०८१, आईतवार

Tag: मुग्लिन

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

पहिराेले दुईवटा यात्रुबाहक बस त्रिशूली लियाे, ६३ जना यात्रु बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए ।...
मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

मुग्लिनमा ट्याक्सि दुर्घटना, मृतक पाँचै जना एकै घर परिवारका सदस्य

Breaking News, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं : हिजाे शनिबार बिहान मुग्लिन नजिकै ट्याक्सी दुर्घटनामा मृत्यु भएका पाँचै जनाकाे नाम खुलेकाे छ ।उनिहरु सबै जना एकै घरका परिवार हुन । गोरखा नगरपालिका–७ का शंकर रोकाको उपचारको क्रममा निधन भएपछि उनीहरू अन्तिम संस्कारका लागि काठमाडौं पुगेका थिए । शुक्रबार पशुपति आर्यघाटमा दाहंस्कार गरी फर्कने क्रममा ट्याक्सी दुर्घटनामा परेको पारिवारिक स्रोतले बतायो । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे तीन वटा सवारी साधनमा गोरखा फर्किँदै थिए । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिएका छन् ।१८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटि...