२४ मंसिर २०८०, आईतवार

Tag: माेहन वैद्य

क्रान्तिकारी कम्युनिस्ट पार्टीले अस्थाई संयुक्त सरकारकाे अवधारणा पत्र सार्वजनिक गरेकाे छ

क्रान्तिकारी कम्युनिस्ट पार्टीले अस्थाई संयुक्त सरकारकाे अवधारणा पत्र सार्वजनिक गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले तत्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको प्रस्ताव अघि सारेको छ ।बिहिबार काठमाडौमा पार्टीले उक्त कार्यनीतिको आवश्यकता, औचित्य र महत्वबारे अन्तरक्रिया र छलफलका लागि अवधारण पत्रसमेत सार्वजनिक गरेको छ । यस कार्यनीतिका पाँचवटा विशेषताहरू उल्लेख गरिएका छन् ।पार्टीको असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले सो प्रस्ताव पारित गरेको थियाे।अस्थायी संयुक्त सरकारका काम के हुन त ? भनेर व्याख्या पनि गरिएको छ । राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘यस सरकारले संघर्षका उपलब्धिहरूको रक्षा सहित राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा आधारित तात्कालिक कार्यक्रमको कार्यान्वयन गर्नेछ र पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामन्तवाद र साम्राज्यवाद विरोधी अन्तरवस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्नेछ।’ त्यस्तै उक्त ...
अबको बिकल्प ‘सङ्घीय जनगणतन्त्र नेपाल” हाे : माेहन वैद्य “किरण”

अबको बिकल्प ‘सङ्घीय जनगणतन्त्र नेपाल” हाे : माेहन वैद्य “किरण”

Breaking News, राजनीति, विचार
काठमाडौं :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य"किरण"ले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई उल्लेख गर्दै ,एक प्रेस वक्तव्य जारी गरी भनेका छन अवकाे बिकल्प संघिय जनगणतन्त्र नेपाल हाे । किरणले भनेका छन : यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको छ ।देशमा यो स्थिति पैदा हुनुका पछाडिको कारण दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गिकार गरेको नवउदारवादी आर्थिक प्रणाली हो । यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्तनबाट समेत संभव छैन । यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरुको असफलताले प्रमाणित गरेको छ ।” जनता यसको विकल्पको खोजीमा छन् । जनताको परिवर्तनको चाहनालाई दूरुपयोग गर्दै पश्चगामी शक्तिहरु जनताले आन्दोलनबाट प्राप्त गरेका सङ्घीयता तथा धर्मनिरपेक्षता ज...
भुकम्प पिडितहरुकाे राहत र उद्धारमा खट्न सबै पार्टी पंक्ति लाई माेहन वैद्यकाे निर्देशन

भुकम्प पिडितहरुकाे राहत र उद्धारमा खट्न सबै पार्टी पंक्ति लाई माेहन वैद्यकाे निर्देशन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, समाचार
काठमाडौं ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल का  अध्यक्ष मोहन वैद्य ‘किरण’ले भूकम्प पीडितहरूको राहत, उद्धार र पुनर्वासमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राती ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाहरूमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । भूकम्पबाट भएको क्षतिले पार्टीलाई मर्माहत तुल्याएको भन्दै अध्यक्ष वैद्यले घाइतेहरूको तत्काल खोज, उद्धार,निःशुल्क उपचार र राहतको अत्यावश्यक कार्यमा कुनै कसर बाँकी नराख्न सरकारसँग जोडदार माग समेत गरेका छन् । ‘यस प्राकृतिक विपतकाे समयमा घाइतेहरूको तत्काल उद्धार, उपचार, राहत र पुनर्वासको कार्यमा सक्रियतापूर्वक खट्न पार्टीको कर्णाली प्रदेश लगायत सम्पूर्ण पार्टी पङ्क्ति, जवस मोर्चाका नेता कार्यकर्ताहरूलाई पनि पार्टी विशेष अपिल गर्दछ’, अध्यक्ष वैद्य...
क्रान्ति सम्पन गर्न विचारधारात्मक कार्यदिशा काे बिकास आवश्यक छ, : माेहन वैद्य (किरण)

क्रान्ति सम्पन गर्न विचारधारात्मक कार्यदिशा काे बिकास आवश्यक छ, : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले नेपालमा क्रान्ति सम्पन्न गर्नका लागि विचारधारा र कार्यदिशाको विकासको आवश्यकता रहेको बतायका छन । शुक्रबार पार्टीको ६ दिने केन्द्रीय स्कूलिङको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेसबुके अध्ययनबाट क्रान्ति नहुने बताए। “अज्ञानताको त्रासदीले क्रान्ति हुँदैन, क्रान्ति ध्वस्त पार्छ । जानेको केही हुँदैन, सबैथोक जानेको छु भन्छ । के गर्ने ? अहिलेको अवस्थामा अज्ञानताको त्रासदीका विरुद्ध दृढतापूर्वक लडेर क्रान्तिका लागि विधारधारा र कार्यदिशाको विकास गर्न जरुरी छ । विचारधारा र कार्यदिशाको विकास नगरी अहिले जे छ त्यहीबाट क्रान्ति हुने वाला छैन ।” पार्टीले एकता महाधिवेशनलाई खोज अनुसन्धानमूलक बनाउने र महाधिवेशनबाट विचारधारा र कार्यदिशामा थप विकास गर्ने दिशामा अगाडि बढेको बताउउदै पार्टी केन्द्रले चलाएको यो केन्द्रीय स्क...
“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, संस्कृति, समाचार
दशैँको अध्ययन गर्ने विविध पक्ष छन् :- पहिलो त,परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार,आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ । अझ अगाडि जानुहुन्छ भने तान्त्रिक मान्यताअनुसार, आदिम साम्यवादको जमानामा कृषिको सुरुवात गर्ने सिलसिलामा महिलाहरूले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घट स्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ । तन्त्रको सुरुवात धेरै अगाडि भएको हो । पहिले आदिम साम्यवादी समाज थियो । त्यो बेलाको विचारधारा टोटेमवाद थियो, शोषण थिएन, अन्याय–अत्याचार थिएन । प्रकृति र समाजलाई बुझ्ने सिलसिलामा पूरै वैज्ञानिक विचार विकसित भएको थिएन । आधा भौतिकवादी आधा आदर्शवादी शैलीका विचारधार...
दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

दर्शन भनेकाे के हाे : माेहन वैद्य (किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, विचार
सामान्य परिचय : दर्शन भनेको मानिसको भित्री आँखा हो । यसै आँखाका भरमा उसले हरेक बस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र त्यसैअनुसार आफ्नो जीवनको बाटो ठम्याउँने गर्दछ । वर्ग–समाजमा दर्शन पनि वर्गिय हुन्छ । द्वन्द्वात्मक भौतिकवाद सर्वहारावर्गको आफ्नै आँखा र आफ्नै मुक्तिको दर्शन हो । यसले संसारभरका श्रमजीबीहरुको पक्षमा बोल्दछ र उनीहरुको भलो गर्दछ । द्वन्द्वावाद र भौतिकवादको मिलनबाट द्वन्द्वात्मक भौतिकबाद बन्दछ । १.द्वन्द्ववाद के हो ? कुनै पनि वस्तुको अस्तित्व त्यसमा निहित नयाँ र पुरानो, जीवनशील र मरणशील दुई बिरोधी पक्षबीचको लडाईमा आधारित हुन्छ र यसै लडाइबाट नयाँ बस्तु जन्मन्छ । वस्तुमा रहेको यसै लडाइ अर्थात् गति वा अन्तर्विरोधको अध्ययन गर्ने पद्वतिको नाम द्वन्द्ववाद हो । द्वन्द्ववाद र भौतिकवाद दुवै पहिलेदेखि नै बेग्ला बेग्लै रुपमा विकसित हुदै आएका थिए । द्वन्द्ववाद, आदर्शवाद र भौतिकवाद अध...
माेहन वैद्य किरणकाे सासुआमाकाे निधन , पार्टीद्वारा श्रद्धाञ्जली ब्यक्त

माेहन वैद्य किरणकाे सासुआमाकाे निधन , पार्टीद्वारा श्रद्धाञ्जली ब्यक्त

Breaking News, राष्ट्रिय, समाचार
अर्घाखाँची ।अर्घाखाँचीका कम्युनिस्ट पार्टीका संस्थापक तथा तत्कालीन नेकपा (चौथो महाधिवेशन)का केन्द्रीय समिति सदस्य कमरेड खुुवीराम आचार्यकी जीवन सङ्गिनी, तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य कमरेड पिताम्बर आचार्यकी आमा तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष कमरेड मोहन वैद्यकी सासुआमा खगिश्वरा आचार्यको ९१ बर्षको उमेरमा निधन भएको छ । कपिलवस्तु जिल्ला, बुद्धभूमि नगरपालिका वडा नं. ४ गेलवार निवासी खगिश्वरा आचार्यको यही जेठ ८ गते, विहान ९ः२३ बजे ९१ वर्षको उमेरमा दःुखद निधन भएको बताइएको छ । उहाँको निधनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले श्रद्धाञ्जली वक्तव्य जारी गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ, “उहाँ आपूm कम्युनिस्ट पार्टीको सदस्य नरहे पनि पार्टीको सक्रिय समर्थक र कम्युनिस्ट परिवारको एकजना कर्मठ अभिभा...
क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं  : माेहन वैद्य

क्रान्तिका बाकी कार्यभार पूरा गर्न क्रान्तिकारी कम्युनिस्टहरुकाे एकता गर्नेछौं : माेहन वैद्य

राजनीति, राष्ट्रिय, विचार, समाचार
प्र.१) जनयुद्धको २८ औँ वार्षिकोत्सवका सन्दर्भमा तपाईं जनयुद्धलाई कसरी सम्झनुहुन्छ ? उत्तर:  २०५२ साल फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तर्फबाट महान् जनयुद्धको उद्घोष गरिएको थियो । त्यो नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा ठूलो क्रमभङ् थियो । त्यसले पुरानो दलाल पुँजीवादी र नोकरशाही सामन्तवादी राज्यसत्ताका विरुद्ध नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नको निम्ति महान् उद्घोष गरेको थियो । त्यो एउटा नेपाली सर्वहारा वर्ग, उत्पीडित जनसमुदायको ऐतिहासिक विद्रोह थियो । त्यसले नेपाली जनताको मुक्तिको सपना, साम्यवादसम्म पुग्ने आदर्श निर्माण गरेर अगाडि बढेको थियो । प्र.२) तपाइ जनयुद्ध पहलकर्तामध्येको एक मुख्य हुनुहुन्छ । जनयुद्धको तयारी गर्नुभन्दा अगाडिका चार तयारी (वैचारिक–राजनीतिक, साङ्गठनिक, प्राविधिक, सैन्यलगायत तयारी) लाई अहिले कसरी लिनुह...
गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

गिरफ्तारी परेका कार्यकर्तालाई रिहा गर्न वैद्य माओवादीको माग

Breaking News, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
 काठमाडौँ-  चुनाव वहिस्कार अभियान खटिएका कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)ले आपत्ति जनाएको छ। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको वहिस्कारको माग गर्दै पर्चासहित खटिएका कार्यकर्तालाई पक्राउ गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। माओवादीले विज्ञप्तीमार्फत आउँदो निर्वाचन ‘प्रतिक्रिया शक्तिद्वारा मञ्चन गरिएको नाटक’ भएको आरोप लगाएको छ। माओवादीका ३ नंं. प्रदेश समितिका सेक्रेटरी प्रवेशको हस्ताक्षरित विज्ञप्तीमा पार्टीका केन्द्रीय सल्लाहकार गोर्की श्रेष्ठ, प्रदेश सल्लाहकार ज्ञानेन्द्र प्रजापति, जिल्ला सदस्यहरू गोपाल कार्की, बद्रीहरि नेपाल र वेदराज दियालीलाई टोखा नगरपालिकास्थित वसुन्धराबाट पक्राउ गरेको हो। पार्टीले विज्ञप्तीमा चुनाव बहिष्कार तथा सहभागी हुने अधिकार लोकतन्त्रमा रहेको भन्दै वर्तमान सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको ...