११ श्रावण २०८१, शनिबार

डा.ताराकान्त पाण्डे काे निधनप्रती आरसिपिका अध्यक्ष माेहन वैद्यले गरे वक्तव्य मार्फत श्रद्धाञ्जली

काठमाडौं :इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डा ताराकान्त पाण्डेयको निधनप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष माेहन वैद्य “किरण”ले दुःख व्यक्त गरेका छन् । आईतवार  शोक बक्तव्य जारी गर्दै वैद्यले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

गत पुस २७ गते राति नेपालगंज देखि काठमाडौं आउने क्रममा  समालोचक, वामपन्थी चिन्तक तथा प्रध्यापक डाक्टर ताराकान्त पाण्डेयको दाङ जिल्लाको  भालुबाङमा बस दुर्घटनामा उपचार लिने क्रममा निधन भएको थियो ।

नेपाली प्रगतिवादि साहित्य जनवादी तथा समाजवादी साँस्कृतिक आन्दोलन र माक्र्सवादी साैन्दर्य चिन्तनकाे क्षेत्रमा अग्र पंक्तिमा रहेर स्थापित ब्यक्तित्वका रुपमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आउनु भयका ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सल्लाहकार सदस्य तथा इच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत रहनु भयका पाण्डे केन्द्रीय स्कुलिङ बिभागका सदस्य हुनुहुन्थ्यो । ‘समालोचक, वामपन्थी चिन्तक तथा प्राध्यापक डाक्टर  ताराकान्त पाण्डेयको ६३ बर्षकाे उमेरमा  पार्टीको केन्द्रीय स्कुलिङ अन्तरगत ६/७ नम्बर प्रदेशको स्कुलिङमा प्रशिक्षण  सकेर नेपालगन्ज देखि काठमाडौं आउने क्रममा दाङ जिल्लाको भालुबाङ बस दुर्घटनामा हुन गयकाे निधनले हामी अत्यन्तै भावविह्वल भयका छाै ।’ वक्तव्यमा भनिएको छ, ‘उहाकाे निधनबाट साहित्यक तथा साँस्कृतिक आन्दोलनका साथै बाैद्धिक आन्दोलनका क्षेत्रमा समेत अपुरणीय क्षति हुन गएकाे छ ।

उहाकि श्रीमती एक छाेरी र ज्वाइँ हुनुहुन्छ । हाम्रो पार्टी यश दुखद घडिमा कमरेड ताराकाण्त पाण्डे प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। र शाेकसन्तब्द परिवार जनमा हार्दिक संमवेदना समेत ब्यक्त गर्दछ । याे बेला हामी शाेकलाई शक्तिमा बदल्दै दृढता पुर्वक अगाडि बढ्नु पर्छ ।श्रद्धाञ्जली वक्तव्यमा भनियकाे छ ।