११ श्रावण २०८१, शनिबार

Tag: महिला बिकास सहायक निरिक्षक

बेपत्ता नागरिकको डायरी

बेपत्ता नागरिकको डायरी

Breaking News, कविता, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
चरा र चौपायाँले पनि बास बसेकाे त्याे साँझ , मैले आफ्नै घरमा पनि बास बस्न पाइन फुल टिपेझै कुन बतासले चढाइदियाे कुन ढुङ्गे इश्वरकाे गाेडामा ?? बाेकेर आँखाभरि जलविन्दु आकास, कुन स्वर्गकाे नगरीमा छु म ? महाशय,म एक बेपत्ता नागरिक ! म हराउदा म मात्र हराइन , म सगै आमाबाकाे जवान छाेराे हरायाे जसले नविराइ खुवाउनु थियाे क्षयराेगकाे निशुल्क ओखति म सगै हरायाे । तरुणि श्रीमतिकाे  लाेग्ने जसले किनिदिनु थियाे आउने दशैमा एकसराे धाेति। म सगै हरायो नाबालक सन्तानकाे बाबू जसले भर्ना गरिदिनु थियाे यसैपाली स्कुलमा । महाशय ,म एक बेपत्ता नागरिक मेराे जिन्दगी च्यातिदा संगसंगै च्यातियाे सविधानकाे एउटा पाना सगै च्यातियाे मानवताकाे किस्सा कतै दाेबाटाे र चौबाटाेमा मेरि आमाले छाति पिटिरहेको देख्नु भयाे भने भनिदिनु म एक्लै छैन , याे अदृश्य स्थानमा कतै मेरी श्रीमतीले ढाेका उघारै राखेकि छ भने...