२१ असार २०८२, शनिबार

Tag: भेरि नदि

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

भेरि नदिमा डुबे तीन बालक, एक जनाकाे शव भेटियाे, दुइजना बेपत्ता

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटकाे नलगाड नगरपालिका–८ स्थित भेरी नदीमा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये एकको शव फेला परेको छ । भेरी नदीले बगाएर बेपत्ता भएकी अन्दाजी १२ बर्षिय भगवती नेपालीको शव फेला परेको हो । उक्त घटना नलगाड नगरपालिका–८ मनमै र आठबिसकोट नगरपालिका (रुकुम पश्चिम) जोड्ने भेरी पुल नजिकैबाट दुई बालिका र एक बालक नदीमा बेपत्ता भएका थिए । रेडियो नयाँ नेपाल रुकुम पश्चिमका पत्रकार प्रेम कुसारीका अनुसार, तीनै जना बालबालिकाहरु पौडी खेल्ने क्रममा भेरी नदीमा बगेर वेपत्ता भएका थिए । बेपत्तामध्ये सुरेन्द्र कुसारीका  छाेरा महेश कुसारी र छोरी आशा कुसारी वेपत्ता रहेका छन् । स्थानीयबासी, प्रहरी, नगरप्रहरीले खोजी कार्य तिब्र बनाएका छन् । उनीहरू नलगाड नगरपालिका ८ का स्थानीय हुन् ।...
पिकनिक खान गएका एक जना युवा भेरीमा डुबेर मृत्यु, एक बेपत्ता, एक जनाको जीवितै उद्धार

पिकनिक खान गएका एक जना युवा भेरीमा डुबेर मृत्यु, एक बेपत्ता, एक जनाको जीवितै उद्धार

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट सदरमुकाम नजिकै भेरी नदीको किनारमा पिकनिक खान गएका एक युवकको नदीमा डुबेर मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् भने भेरी डुबेका एक जनालाई जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका ४ का २० बर्षका रोशन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । भेरी नगरपालिका ३ का २६ बर्षका विक्रान्त केसी भेरी नदीमा बेपत्ता भएका छन् । नदीमा डुबेका विरेन्द्र शाहीलाई भने जीवितै उद्धार गरिएको छ । उनका साथीहरुले उद्धार गरेका हुन् । रोशन र विरेन्द्र डुबेपछि साथीहरुलाई बचाउन गएका विक्रान्त बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए । नदी पारि रहेको डेथबडी निकाल्ने कार्य र बेपत्ताको खोजी कार्य भैरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए । तिहारको अवसरमा सदरमुकाम खलंगामा हालै भएको फुटबल प्रतियोगितामा खसी बाजी जितेका युवाहरुले मंगलबार भेरी नगरपालिका ११ मट...