२ असार २०८२, सोमबार

Tag: भुकम्प

जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

जाजरकोट केन्द्रविन्दु भयर फेरि गयाे भुकम्प

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं ;सोमबार दिउँसो जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्प गएको हो । जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड रहेको थियो । यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।...
बैतडी केन्द्र बिन्दु भयर लगातार दुई पटक भुकम्प गयाे

बैतडी केन्द्र बिन्दु भयर लगातार दुई पटक भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
बैतडी: बैतडी सदरमुकाम केन्द्र बिन्दु भएर भूकम्प भएको छ । सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो । लगातार दुईपटक कम्पन भएपछि त्यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए । भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । मानवीय क्षतिको विवरण प्राप्त नभए पनि केही पुराना घरहरू चर्किएको पाइएको छ । ...
चिलिमा गयाे ७.५ म्याग्निच्युडकाे भुकम्प

चिलिमा गयाे ७.५ म्याग्निच्युडकाे भुकम्प

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा स्थानीय समय अनुसार शुक्रबार बिहान सुनामीको चेतावनी जारी गरेका छन्। अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो । “कृपया सावधान रहनुहोला ! सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित स्थलमा जानुहोला,” चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ। राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गर्नुभएको छ । चिलीको नेसनल सि...
जाजरकोट भुकम्प : भाग्ने क्रममा ३ जना घाइते

जाजरकोट भुकम्प : भाग्ने क्रममा ३ जना घाइते

Breaking News, पुर्वाधार, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट तीन जना घाइते भएका छन्। जाजरकोटको कुशे गाउँपालिका–९, पैक केन्द्रबिन्दु भएर राति ८ बजेर १० मिनेटमा गएको भूकम्पको त्रासले घरबाट भाग्ने क्रममा उनीहरू घाइते भएका हुन्।घाइते हुनेमा भेरी नगरपालिका–२, रिसाङका ओपेन्द्र कार्कीकी ४९ वर्षीया श्रीमती कमला कार्की, भेरी नगरपालिका–४ का ३४ वर्षीय सुरेश श्रेष्ठ र नलगाड नगरपालिका–१२ का २२ वर्षीय बीरेन्द्र भण्डारी रहेका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार घाइतेहरूलाई जिल्ला अस्पताल जाजरकोटमा उपचार गरेर डिस्चार्ज गरिएको छ। त्यस्तै, भेरी नगरपालिका–१० की कमला गोसाईको एकतले पक्की घरको कोठाको पर्खाल भत्किएको छ। शुक्रबार राति ८ बजेपछि जाजरकोटमा तीन मिनेटको अन्तरालमा दुईवटा भूकम्प गएको थियो। राति ८:०७ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको तीन मिनेटमै अ...
शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

शुक्रबार साँझ गएको भुकम्पले चर्कियका घर भत्किए, मानवीय क्षति भने भएन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकाेट :जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा केही घरहरू भत्किएका छन् । ‘अहिलेसम्म कुनै पनि मानवीय क्षति भएको विवरण आएको छैन,’ उनले भने, ‘तीन वटा पालिकामा गत वर्षको भूकम्पले चर्किएका घरहरू नै भत्किएको पाइएको छ । केही अन्य घरहरू पनि चर्किएका छन् ।’ प्रहरीको टोलीले अन्य क्षतिको विवरण सङ्कलन गरिरहेको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताए । शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको थियो । जाजरकोटको कुसे गाउँपालिका–९ पैक केन्द्रबिन्दु भएर छुट्टाछुट्टै धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ‘गा...
जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

जाजरकोट केन्द्र विन्दु भयर फेरि गयाे५.५म्याग्निच्युडको भूकम्प

Breaking News, माैसम, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट :राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५म्याग्निच्युडको भूकम्प गएको हो । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । गत साल कार्तिक १७ गते राति जाजरकोटकाे बारेकाेट गाउपालिका अन्तर्गत रामिडाँँडा केन्द्र विन्दु भयर गयकाे भुकम्पले ठुलाे धन जनकाे क्षति पुर्‍याएकाे थियाे। भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।...
काठमाडौंमा भुकम्प काे धक्का महसुुस

काठमाडौंमा भुकम्प काे धक्का महसुुस

Breaking News, पुर्वाधार, राष्ट्रिय, समाचार
काठमाडौं :काठमाडौँमा शनिबार भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्प नेपालमा भने गएको होइन ।केन्द्रका अनुसार डि‌ंगे काउन्टीमा २ बजेर ३५ मिनेटमा भूकम्प गएको थियो । यसको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तरपूर्वमा रहेको थियो । यसअघि पुस २३ मा तिब्बतमा भूकम्प गएको थियो । अमेरिकी जियोलोकिल सर्भेअनुसार ७.१ म्याग्निच्युडको सो भूकम्पमा परी करिब ४ सय जनाको मृत्यु भएको थियो भने ३३८ जना घाइते भएका थिए । ...
सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

सुरु भयो जाजरकोट भूकम्पपछिको पुनर्निर्माण

समाचार
काठमाडौं । जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण सुरु गरिएको छ । डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र केही दिनमा अनुदान रकम पठाउने तयारी गरिएको छ ।जाजरकोट र रुकुमपश्चिममा क्षतिको विवरण सङ्कलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा भीष्मकुमार भुसालले जानकारी दिए । डोटीमा गत वर्ष नै क्षति विवरण सङ्कलन गरिएकामा उक्त तथ्याङ्कलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए । उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन् । जाजरकोट र रुकुमपश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण सङ्कलन भइरहेको र अब पुनर्निर्माण सुरु हुने कार्यकारी प्रमुख भुसालले जानकारी दिए । उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरुको विस्तृत विवरण सङ्कलनमा विपद् अध्ययन केन्द्र, इन्जिनि...
नेपालकाे उत्तरी भाग चिन सिमाक्षेत्रमा ७.१म्याग्निच्युडकाे भुकम्प ९ जना चिनिया नागरिकको मृत्यु थप विवरण आउन बाकि

नेपालकाे उत्तरी भाग चिन सिमाक्षेत्रमा ७.१म्याग्निच्युडकाे भुकम्प ९ जना चिनिया नागरिकको मृत्यु थप विवरण आउन बाकि

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, माैसम, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :नेपाल–चीन सीमा क्षेत्रमा आज  बिहान नेपाली समय अनुसार ६ :५०मा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्पमा परि चिनमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । केही घरहरु भत्किएका छन् ।चीनको सरकारी टेलिभिजन च्यान सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै ९ जनाको मृत्यु भएको जनाएको छ । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७.१म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो । चिनियाँ सञ्चार माध्यमहरुका अनुसार भूकम्पका कारण दिङ्गी काउन्टीको चाङ्गसुओ क्षेत्रका गाउँमा घरहरु भत्किएका छन् । नेपालका भूगर्भविदहरुका अनुसार लोबुचे हिमालबाट ९३ किलोमिटर उत्तरतिर र तिब्बतको सिगात्सेबाट २८ किलोमिटर दुरीमा भूकम्पको इपिसेन्टर छ । यस...
जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

जाजरकोटकाे नायकवाडा केन्द्रविन्दु भयर ४.२ म्याग्निच्युटकाे भुकम्प गयाे

Breaking News, पुर्वाधार, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार
जाजरकोट : जिल्ला बारेकाेट गाउपालीकाकाे नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छ। गत साल कार्तिक १७ गते साेहि गाउपालिकाकाे रामिडाँडा केन्द्रविन्दु भयर ६.४ रेक्टर स्केलकाे भुकम्प गयर ठुलाे जन धनकाे क्षति भयकाे थियाे ।...