११ श्रावण २०८१, शनिबार

Tag: पाकिस्तान

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलका लागि प्रशिक्षकले डाके ३० खेलाडी

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, राष्ट्रिय, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
१५ कात्तिक, काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण खेलका लागि नवनियुक्त कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले ३० खेलाडीलाई टिममा बोलाएका छन् । नेपालले पाकिस्तानसँग ३० कात्तिकमा काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल्दै छ ।मच्छिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिग जिताएका कटुवालले मैत्रीपूर्ण खेलका लागि सर्वोत्कृष्ट टिम छनोट गरेको दाबी गरे । अखिल नेपाल फुटबल संघ एन्फाबाट प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै उनले टिम बनाएका हुन् । प्रशिक्षणमा डाकिएका खेलाडीहरु विकास खवास, विकास तामाङ, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभाष लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ सुरजज्यू ठकुरी, सुजल श्रेष्ठ, एरिक विष्ट, बिमल घर्ती मगर, अञ्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, रितक खड्का, आयुष घलान, सन...
टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

टी-२० विश्वकपमा पाकिस्तानको पहिलो जित

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, शिक्षा, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित निकालेको छ ।सुपर १२ को समूह बी मा रहेको पाकिस्तानले आइतबार नेदरल्याण्ड्सलाई ६ विकेटले पराजित गरेको हो । ९२ रनको लक्ष्य पाकिस्तानले १३.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । यसअघि लगातार दुई खेल हारेको पाकिस्तानले पहिलो जितपछि ३ खेलबाट २ अंक जोडेको छ र सेमिफाइनलको झिनो सम्भावना कायम राखेको छ । यसअघि भारत र जिम्बावेसँग पराजित भएको पाकिस्तानले अब दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्न बाँकी छ । पाकिस्तानले बाँकी दुवै खेल जितेमा ६ अंक हुनेछ । यस्तो पाकिस्तानका लागि शीर्ष दुईमा रहेर सेमिफाइनल पुग्न बाँकी खेलको नतिजा पनि आफू अनुकुल आउनुपर्नेछ । अर्धशतकमा १ रनले चुके रिजनवान पाकिस्तानको दुई मुख्य ब्याटर कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजनवान सुरुका दुई खेलमा चाँडै आउट भएका थिए । जसले ग...
पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, विगन्यूज, समाचार, सुचना संचार
४ कात्तिक, काठमाडौं । पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । प्रधानमन्त्री शहबाज शरीफको दल  मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन नवाज रांझाले संविधान को धारा ६३ (२) को मातहत इमरान खानले उपहारबारे ढाँटेको भन्दै  संघीय संसदका सभामुख समक्ष उनीविरुद्ध उजुरी गरेका थिए । इमरानले प्रधानमन्त्री हुँदा उपहार लिएको तर उनले निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरणमा त्यसलाई समावेश नगरेको आरोप रांझाले लगाएका थिए ।...