११ श्रावण २०८१, शनिबार

Tag: नेकपा मसाल

भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन लागेकाे छ : माेहन बिक्रम सिंह

भारतले नेपाललाई हिन्दू राष्ट्र बनाउन लागेकाे छ : माेहन बिक्रम सिंह

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
धनगढी ।नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले भारत नेपाललाई हिन्दू राष्ट्र बनाउने गतिविधिमा लागेको बताएका छन् । प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी आइपुगेका उनले नेपालभित्र मात्र नभई विदेशीहरू र विशेष गरी भारतको नीतिका कारण गणतन्त्र गम्भीर संकटमा परेको बताएका हुन् । उनले गणतन्त्र र संघीयता गुम्न सक्ने सम्भावना रहेको समेत दाबी गरे । मुलुकका राजावादी शक्तिहरू विगतभन्दा निकै बलिया भएको बताउँदै भारतमा आगामी निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दुवादीले जिते नेपाललाई ठूलो क्षति पुग्न सक्ने उनको बुझाइ थियो । ‘पूरा शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको छ । एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने हो ’ उनले भने ।...
चार दलीय सभा कार्तिक २३ मा काठमाडौंमा हुने

चार दलीय सभा कार्तिक २३ मा काठमाडौंमा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
 २१ कार्तिक  काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ । चार दलले यसअघि असोज २३ गते– चितवन, असोज २५ गते– सर्लाही, असोज ३१ गते– विराटनगर, कात्तिक २ गते– पोखरा, कात्तिक ४ गते– बुटवल, कात्तिक १७ गते– सुर्खेत र कात्तिक १९ गते– धनगढीमा भव्यतापूर्वक चुनाव अवज्ञा/बहिष्कार सभा र प्रदर्शन गरिसकेका छन् । देशव्यापी आयोजित चुनाव अवज्ञा/बहिष्कार सभाका साथै पर्चा, पम्प्लेटिङ र पोस्टरिङमा संसदीय व्यवस्थाविरोधी, वैज्ञानिक समाजवाद पक्षधर क्रान्तिकारी जनमत अभिव्यक्त भएपछि उत्साहित बनेका वैज्ञानिक समाजवाद पक्षधर चार दलले बुधबारको अवज्ञा/बहिष्कार सभा विशेष महत्वको हुने निष्कर्ष निकालेका छन् । देशव्यापी संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा आयोजना गर्ने निर्णय...