३० असार २०८२, सोमबार

Tag: नस्ट

जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ

Breaking News, राष्ट्रिय, समाचार
जाजरकोट : जाजरकोटमा साढे ८ किलो अबैध लागुऔषध (अफिम) प्रहरीले नष्ट गरेको छ । लुकाइ छिपाइ गाडीमा नेपालगञ्ज तर्फ लिदै गरेको अबस्थामा बरामद गरिएको साढे ८ किलो अबैध लागुऔषध (अफिम) बिहिबार प्रहरीले नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटको परिसर भित्र खाल्डो खनेर आगोमा जलाएर उक्त लागुऔषध (अफिम) नष्ट गरिएको थियो । जाजरकोट जिल्ला अदालतमा कार्यरत नासु छवि गिरी, जिल्ला प्रशासन कार्यालयमा कार्यरत खरिदार नविन कुमार सिंह, भेरी नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक तथा नगर स्वास्थ्य शाखा प्रमुख दिप बहादुर वलीको रोहवरमा उक्त अफिम नष्ट गरिएको थियो । अफिम नष्ट गर्दा रोहवरमा थुनुवा नलगाड नगरपालिका–३ का ५३ बर्षिय बिष्णु बहादर घर्ती, नलगाड नगरपालिका–९ का ३० बर्षिय दिपक सिंह, २३ बर्षिय सुरेश सिंह र नलगाड नगरपालिका–१० का २३ बर्षिय हरि बाँनियालाइ पनि राखिएको प्रहरी निरिक्षक सन्तोष चन्दले जानकारी दिए...
जुम्लाका ग्रामीण भेगमा अखाद्य तथा म्याद नाघेका  बस्तु बिक्री बितरण/१४ हजार बराबरको सामान प्रशासन द्वारा  नस्ट।

जुम्लाका ग्रामीण भेगमा अखाद्य तथा म्याद नाघेका बस्तु बिक्री बितरण/१४ हजार बराबरको सामान प्रशासन द्वारा नस्ट।

Breaking News, अर्थवाणिज्य, कृषि, समाचार
गिता कुमारी शाही । ९ पुस  जुम्ला ।  सिंजा गाउँपालिका ३ अवस्थित नराकोट बजारको अनुगमन गरिएको हाे । जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल नेतृत्वको टोलीले बजारका १७ वटा पसलको अनुगमन गरेको हो। धेरै पसलमा मिति सकिएको सामानहरु भेटिएको रिजालले बताइन्। उनका अनुसार किराना, खुद्रा, मोबाईल पसल र होटलहरुको अनुगमन गरिएको छ। अनुगमन टोलीले १३ हजार ९ सय ८० रुपैयाँ बराबरको सामान बरामद गरी नष्ट गरेको रिजालले बताइन्। बरामद गरिएका सामानहरु गाउँपालिका जनप्रतिनिधिको रोहोबरमा नष्ट गरिएको हो। अनुगमनमा उद्योग तथा उपाभोक्त हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटा, आन्तरिक राजश्व कार्यालय जुम्लाका खेम प्रसाद उपाध्याय, उद्योग वाणिज्य संघ जुम्लाका प्रतिनिधि नन्द बहादुर गुरुङ्ग, खाद्य प्रविधि तथा गुण नियणन्त्र डिभिजन कार्यालय जुम्लाका भरत रोकाया लगायत सहभागि...