११ कार्तिक २०८१, आईतवार

Tag: नवाैं राष्ट्रिय खेलकुद

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

नवाैं राष्ट्रिय खेलकुदमा साेम बहादुर कुमालले जिते स्वर्ण पदक ।

Breaking News, खेल, राष्ट्रिय, विगन्यूज, शिक्षा, समाचार, सुचना संचार
१ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत चार सय मिटर पुरुष दौडमा त्रिभुवन आर्मी क्लबका सोम बहादुर कुमालले आफ्नै टाइमिङ सुधार गर्दै स्वर्ण पदक जितेका छन् । पोखरा रंगशालामा मंगलबार बिहान सम्पन्न दौडमा सोमले निर्धारित दूरी ४७.९५ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१६ मा काठमाडौंमा भएको प्रतियोगितामाले उनले ४८.२० को ह्यान्ड टाइमिङ कीर्तिमानमा सुधार गरेका हुन् । चार सय मिटर पुरुष दौडमा सन् १९९० को बेइजिङ एसियन गेम्समा आशाराम चौधरीले ४८.३२ सेकेण्डको इलेक्ट्रिक टाइमिङ कीर्तिमान बनाएका थिए । आशारामको भन्दा राम्रो समय निकाले पनि सोमको कीर्तिमानले अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन । आफ्नो बेस्ट टाइमिङसहित स्वर्ण जितेपछि सोम कुमालले एकदमै खुशी लागेको बताए । ’राम्रो प्रदर्शन भयो । म अरुलाई भन...

कर्णाली लाई दिलाय पहिलाे स्वर्ण पदक दुर्गा बुढाले

Breaking News, खेल, पर्यटन, राष्ट्रिय, शिक्षा, समाचार
३१ असोज, काठमाडौं । स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्णपदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रियमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१० सेकेण्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुबास कार्कीले ९ मिनेट २२ः१५ सेकेण्डसहित कास्य जिते । विजेता बनेपछि प्रतिक्रिया दिंदै उनले स्वर्ण पदक जित्छु भन्नेमा पहिल्यै विश्वस्त रहेको बताए । ‘मलाई स्वर्ण जित्छु भन्ने पहिलै थाहा थियो । पोखराको ट्रयाक राम्रो छ । यहाँको फास्ट ट्रयाक छ । जित्छु भन्ने लागेको थियो,’ दुर्गाले भने । उनले आफू नेपाली भएको र नेपाली नागरिकता भएकाले नेपालको राष्ट्रिय खेलकुद खेल्न पाउने बताए । ‘म रोजीरोटीका लागि भारत गएको थिएँ । मसँग नेपाली नागरिकता नै छ । मैले भारतको लागि पनि खेलेको थिएँ । उताबाट एनओेसी ल्याए...
नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता पाेखरामा घट्याे दुखद घटना :

Breaking News, पर्यटन, पुर्वाधार, राष्ट्रिय, समाचार, सुचना संचार
पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोतिास्थलमा दुखद घटना घटेको छ ।प्रतियोतिास्थलमा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबको तर्फबाट भाग लिएका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो । खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अबस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अबस्थामा अकस्मात सराङकोटस्थित जमिनमा खसेको थियो । दुर्घटनामा घाइते थापाको स्थानीय मेट्रोसिटी अस्पतालमा पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । यस्तै खेलकुद अन्तर्गत एथलेटिक्सको फिल्ड इभेन्ट हाइजम्प महिलातर्फ त्रिभुवन आर्मी क्लबकी खगिता सिञ्जालीमगरले स्वर्ण जितेकी छन् । पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा एक मिटर ५२ सेन्टिमिटर जम्प गर्दै खगिताले स्वर्ण जितेकी हुन् । एक मिटर ५० सेन्टिमिटर जम्प गरेकी आर्मीकै वि...