११ श्रावण २०८१, शनिबार

Tag: दाेहा

विश्वकप आजदेेखी म्याचविक २ का खेल हुँदै,  जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

विश्वकप आजदेेखी म्याचविक २ का खेल हुँदै, जितको लक्ष्यमा नेदरल्याण्ड्स र इक्वेडर

Breaking News, अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, विगन्यूज, समाचार
९ मंसिर काठमाडौं ।दाेहा कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज (शुक्रबार) देखि म्याचविक टुका खेलहरु हुँदैछन् । ब्राजिल र सर्बियाबीच बिहीबार मध्यराति भएको खेलसँगै सहभागी ३२ वटै राष्ट्रले एक-एक खेल खेलिसकेका छन् । आज समूह ए र समूह बीका दुई-दुई खेल हुनेछन् । जहाँ नेदरल्याण्ड्स, इक्वेडर र इंग्ल्याण्ड लगातार दोस्रो जित निकाल्दै नकआउट चरणको नजिक पुग्ने लक्ष्यमा हुनेछ । यी तीनै टिमले आफ्नो पहिलो खेल जितेका थिए । आज समूह एमा रहेका नेदरल्याण्ड्स र इक्वेडर तथा कतार र सेनेगलबीच खेल हुनेछ भने समूह बीमा रहेका इंग्ल्याण्ड र अमेरिका तथा वेल्स र इरानबीच खेल हुनेछ । आजको पहिलो खेल वेल्स र इरानबीच दिउँसो पौने ४ बजे अहमद अली बिन स्टेडियममा सुरु हुनेछ । पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको वेल्स र इंग्ल्याण्डसँग पराजित भएको इरान पहिलो जितको खोजीमा छ । यस्तै समूह एमा रहेको घरेलु टोली कतारले सेनेगलसँग ...