११ श्रावण २०८१, शनिबार

Tag: दशैँ

“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

“दशैँ”आदिम साम्यवाद युगमा महिलाले कृषिकर्म गर्दा सुरु गरियकाे चालचलन हाे: माेहन वैद्य ( किरण)

Breaking News, राजनीति, राष्ट्रिय, विचार, विज्ञान प्रबिधि, संस्कृति, समाचार
दशैँको अध्ययन गर्ने विविध पक्ष छन् :- पहिलो त,परम्परागत रूपमा चलेको धार्मिक पर्व हो दशैँ । हिन्दु धर्मको मान्यता अनुसार,आसुरी शक्तिमाथि देवताहरूले विजय प्राप्त गरेको भन्ने गरिन्छ । खासगरी देवताहरूले नसकेर देवीहरूलाई गुहारेर राक्षसहरूलाई संहार गरेको हुनाले त्यही अवसरलाई दसैँ मानियो भन्ने कथा पाइन्छ । अझ अगाडि जानुहुन्छ भने तान्त्रिक मान्यताअनुसार, आदिम साम्यवादको जमानामा कृषिको सुरुवात गर्ने सिलसिलामा महिलाहरूले अनुसन्धान गरेको पर्व हो यो । यसमा जमरा लगाउने, घट स्थापना गर्ने भनेको पुरानो तान्त्रिक परम्परा हो भन्ने पनि मानिन्छ । तन्त्रको सुरुवात धेरै अगाडि भएको हो । पहिले आदिम साम्यवादी समाज थियो । त्यो बेलाको विचारधारा टोटेमवाद थियो, शोषण थिएन, अन्याय–अत्याचार थिएन । प्रकृति र समाजलाई बुझ्ने सिलसिलामा पूरै वैज्ञानिक विचार विकसित भएको थिएन । आधा भौतिकवादी आधा आदर्शवादी शैलीका विचारधार...