१३ चैत्र २०८१, बुधबार

Tag: दक्षिण कोरिया

दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

दक्षिण काेरियाम विमान दुर्घटना हुदा २ जना बाहेक सबै जनाकाे मृत्यु भयकाे छ

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
साेल :दक्षिण कोरियाकाे मुआनमा विमान दुर्घटनामा २ जना बाहेक सबै जनाको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । दक्षिण कोरियाको सरकारी समाचार संस्था योन्ह्यापले छापेको समाचार अनुसार एक जना यात्रु र एक जना चालक दलका सदस्यलाई जीवितै उद्धार गरिएको छ । बाँकीको खोजी कार्य जारी रहेको भएपनि अरू सबै जीवित भेटिने आशा नभएको बताइएको छ । यस अघि भने एजेन्सीले मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६२ जना पुगेको भन्दै समाचार लेखेको थियो । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एउटा विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो । बैंककबाट दक्षिण कोरिया फर्किरहेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो । विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु थिए भने छ जना चालक दलका सदस्य थिए । ल्यान्डिङ गियरमा समस्याका कारण उक्त विमान दुर्घटना भएको योन्हापले ...
दक्षिण काेरिया बिरुद्ध ब्राजिल काे सफलता ।

दक्षिण काेरिया बिरुद्ध ब्राजिल काे सफलता ।

Breaking News, अन्तर्राष्ट्रिय, खेल, समाचार
२० मंसिर, काठमाडौं । ब्राजिलले फिफा विश्वकपको अन्तिम १६ मा दक्षिण कोरियालाई ४-१ ले पराजित गर्दा फुटबलको मास्टरक्लास प्रदर्शन गर्न सफल रह्यो । संसारभरका समर्थकले आनन्ददायी क्षणको लाभ लिए जो ब्राजिलको पुनरागमन यस्तै होस भन्ने चाहन्थे । स्टेडियम ९७४ को प्यारापिटमा साम्भा संगीत चर्कोसँग बजिरहेको थियो । ब्राजिल टिम भने घाना, उरुग्वे र पोर्चुगललाई संकटमा पारेको दक्षिण कोरियालाई तहस नहस बनाइरहेको थियो । ब्रजिलले सुन्दर तरिकाबाट बलको प्रयोग र वान–टच पास शैलीले प्रतिभाशाली दक्षिण कोरियाली टिम निरिह देखियो । उनीहरुसँग रंक्षात्मक खेलका लागि कुनै योजना नै देखिएन । वास्तवमा भन्ने हो भने दक्षिण कोरियाली गोलरक्षक किम सुङ ग्यू खुसी हुनुपर्छ । किनभने ब्राजिलले दोहोरो अंकको गोल हान्न सकेन । गोलीगाँठाको चोटबाट फर्किएका नेइमार प्रमुख प्रशिक्षक टिटेले निर्माण गरेको टिमको केन्द्रमा थिए । परम्परागत फुटब...
भिडमा किचिएर दक्षिण काेरियामा  १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक

भिडमा किचिएर दक्षिण काेरियामा १५१ जनाको मृत्यु, १९ जना मृतक विदेशी नागरिक

Breaking News, अन्तर्राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
१३ कात्तिक, काठमाडौं । दक्षिण कोरियाको राजधानी सिओलमा भिडमा किचिएर १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् । मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको बीबीसीले जनाएको छ । तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको अधिकारीहरुले बताएका छन् । हेलोविन पर्व मनाउनका लागि इथेवन भन्ने स्थानमा भिड जम्मा भएको थियो । त्यही भिडमा एकजना व्यक्ति लडेपछि भागदौड मच्चिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । घटनामा मृत्यु हुनेमा धेरैजसो युवाहरु रहेको अधिकारीहरूले बताएका छन् । घाइतेहरूलाई सडकमै सुताएर उपचार गरिएको भिडियोमा देखिन्छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले घटनाप्रति दुःख व्यक्त गर्दै यसबारे अनुसन्धान गर्न तथा घाइतेहरुको उद्धार तथा उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् । यो घटनापछि...

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

Breaking News, अन्तर्राष्ट्रिय, पर्यटन, राजनीति, विगन्यूज, विज्ञान प्रबिधि, समाचार, सुचना संचार
सियोल, उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले बिहीबार बताएको छ।जेसीएसले विज्ञप्ति जारी गर्दै दक्षिण प्योङयान प्रान्तको सुनचोन क्षेत्रबाट स्थानीय समयअनुसार राति ८ः४८ देखि राति ८ः५७ को बीचमा उत्तर कोरियाले प्रक्षेपण गरेका दुई छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र पूर्वी जलक्षेत्रमा फेला पारेको जनाएको छ। उत्तर कोरियाले बुधबार आफ्नो पूर्वी जलक्षेत्रमा दुई छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र र आइतबार पूर्वी जलक्षेत्रमा एउटा छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। सन् २०२२ मा मात्र उत्तर कोरियाले १९ पटक ब्यालेस्टिक क्षेप्यास्त्र र दुई पटक क्रुज क्षेप्यास्त्रको परीक्षण गरेको छ। रासस/सिन्ह्वा ...