अखिल क्रान्तिकारी दाङले प्रजिअ समक्ष ज्ञापनपत्र पेस गरेकाे छ
दाङ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले दाङले प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझायकाे छ ।
बुधबार संगठन कि केन्द्रीय सदस्य तथा जिल्ला संयोजक ईन्दु वलिद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनियकाे छ :"नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) नेपालको दलाल संसदीय व्यवस्थाद्वारा निर्देशित वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन गरी आम नेपाली विद्यार्थीहरूको हकहित र अधिकार को पक्षमा निरन्तर त्याग, समर्पण र बलिदानीपूर्ण इतिहास निर्माण गर्दै सडकबाघको रूपमा स्थापित संगठन भएको कुरा सर्वविदितै छ । हामी संघर्ष, एकता र रूपान्तरण हुँदै एउटा महान् अभियानमा लामबद्ध छौं । पछिल्ला दिनहरुमा हाम्रो संगठन शिक्षा क्षेत्रका विकसित विकृतिका श्रृंखलाहरु निजीकरण, व्यापारिकरण, भ्रष्टिकरण, माफियाकरण, अनियमित...