११ श्रावण २०८१, शनिबार

Tag: चुनाव

राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

राष्ट्रपतिमा दुई सभामुख बिच प्रतिस्पर्धा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
१३ फागुन, काठमाडौं । राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले शनिबार संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई मनोनयन दर्ता गराएका हुन् । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका नेता अब्दुल खाँ रहेका छन् । त्यस्तै समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे रहे...
तीन कम्युनिस्ट पार्टीको चुनावी भण्डाफाेर सभा  आज कैलालीको  धनगढीमा ।

तीन कम्युनिस्ट पार्टीको चुनावी भण्डाफाेर सभा आज कैलालीको धनगढीमा ।

चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार
३० कार्तिक  धनगढी । चुनाव खारेज गर्ने देशव्यापी अभियान अन्तरगत मंगलबार तीन कम्युनिस्ट पार्टीको संयुक्त आयोजनामा आज धनगढीमा संसदीय चुनाव विरुद्ध  भण्डाफाेर सभा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र ऋषिराम शर्मा कट्टेल नेतृत्वको नेकपा सम्मीलित तीन कम्युनिस्ट पार्टीको संयुक्त भण्डाफाेर सभालाई सम्बाेधन गर्दै वैज्ञानिक समाजदी कम्युनिष्ट पार्टीका महासचिब विश्वभक्त दुलाल आहुतीले संसदवादी दलका नेताहरुका कारण नेपाल अमेरीकाको बन्धक बन्ने बताउनु भएको छ। देशव्यापी रुपमा सञ्चालन गरिएको अभियान अन्र्तगतको सातौ भण्डाफोर सभालाई सम्बोधन गर्दै महासचिब आहुतीले नेपालमा एमसीसी नामको अमेरीका आइसकेको बताउदै हजारौँ विगाह जमिन समेत नेपालमा किनी सकेको बताउनु भयो । नुवाकोटमा, पाल्पामा हजारौँ रोपनी जमिन किनेको बताउ...
काठमाडौं ८बाट : चार महिला उम्मेदवार प्रतिस्पर्धामा

काठमाडौं ८बाट : चार महिला उम्मेदवार प्रतिस्पर्धामा

Breaking News, चुनाव, निर्वाचन, राजनीति, राष्ट्रिय, समाचार, सुचना संचार
      काठमाडौँ, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा चार महिलासहित ४० उम्मेदवार प्रतिस्पर्धामा छन् । आसन्न निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं ८ मा प्रतिनिधिसभा एक सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये दुई महिलाको उम्मेदवारी परेको छ । सो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तर्फबाट एक र स्वतन्त्रबाट एक महिलाको उम्मेदवारी रहेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद अधिकारीले बताए । उनका अनुसार सो निर्वाचन क्षेत्रको प्रदेशसभा १ (क)मा दुई महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । नेमकिपाबाट एक र जनता समाजवादी पार्टी नेपालका तर्फबाट एक महिलाको उम्मेदवारी परेको छ । उक्त निर्वाचन क्षेत्रमा प्रदेशसभामा दुई र प्रतिनिधिसभामा एक सदस्यका लागि विभिन्न राजनीतिक दलका ३१ र नौ स्वतन्त्र गरी ४० जनाको उम्मेदवारी परेक...